प्रेस–वक्तव्य-मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान

इनेप्लिज २०७१ चैत २४ गते १५:२३ मा प्रकाशित

मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान, नेपाल
Campaign for Human Rights and Social Transformation, Nepal.
(CAHURAST)

२०७१ चैत्र २४

प्रेस–वक्तव्य

सहमतिको आधारमा संविधान जारी गर्नुपर्ने माग गर्दै नेकपा—एमाओवादीसहितको ३० दलीय मोर्चाले आह्वान गरेको ३ दिने आम हड्तालको आज पहिलो दिनको काहुरास्ट नेपालले अनुगमन गरेको छ । अनुगमन गर्दा बन्दले काठमाडौँ उपत्यका लगायत देशका विभिन्न ठाउँको जनजीवन प्रभावित भएको पाइएको छ भने उद्योग, कलकारखाना, शिक्षालय, यातायात तथा बजारहरु ठप्प रहेको देखिएको छ । बन्दका क्रममा कुनै मानविय क्षति नभए पनि कतिपय ठाउँमा बन्दकर्ता र प्रहरी बीच झडप भएको छ भने कतिपय ठाउँमा राज्यपक्षबाट हस्तक्षेप गरी आन्दोलनकारीलाई नियन्त्रणमा लिने काम भएको पनि पाइएको छ । बन्दकर्ताबाट केही नीजि सवारी साधनमा तोडफोड भएका समाचारहरु प्राप्त भएका छन् ।

लोकतन्त्रमा आफ्नो माग सरकार समक्ष राखेर दबाब सृजना गर्न र शान्तिपूर्ण आन्दोलनमा सहभागी हुन पाउनु नागरिकको मौलिक अधिकार हो । शान्तिपूर्ण जुलुसमा प्रहरीद्वारा नियन्त्रणमा लिइएका आन्दोलनकारीलाई तत्काल रिहा गर्न र मानवअधिकारको रक्षा गर्न हामी सरकारसँग जोडदार माग गर्दछौं ।

साथै आन्दोलनकर्ताहरुलाई पनि बन्दशैलीको आन्दोलन छोडी सर्वसाधारणको मानवअधिकारको संरक्षण गर्न अनुरोध गर्दछौँ । मुलुक संक्रमणकालीन अवस्थामा रहेको यो बेला वार्ताबाटै समस्याको समाधान खोज्न पनि हामी सम्बद्ध सबैपक्षसँग अपिल गर्दछौँ ।

मीना शर्मा
महासचिव

प्रतिक्रिया