‘सिफारिस कार्यान्वयन नभए कारबाही’

इनेप्लिज २०७१ चैत २३ गते ११:१२ मा प्रकाशित

ललितपुर, २३ चैत । राष्ट्रिय मानवअधिकार आयोगले कारबाहीको सिफारिस कार्यान्वयन नभए त्यसो गर्नेलाई पनि कारबाहीको दायरामा ल्याइने स्पष्ट गरेको छ ।

राष्ट्रिय मानवअधिकार आयोग र मानवअधिकार पत्रकार सङ्घले संयुक्तरूपमा आज यहाँ आयोजना गरेको ‘पत्रकारिता र मानवअधिकारको रक्षा’ विषयक गोष्ठीमा आयोगका सदस्य गोविन्द शर्मा पौडेलले सिफारिस कार्यान्वन नगर्नेलाई कारबाही गर्ने बताउनुभयो ।

आयोगले गरेको सिफारिस पालना नगरे कोही पनि व्यक्ति कारबाहीबाट मुक्त नहुने बताउँदै उहाँले त्यसको लागि सञ्चार जगत्को साथ र सहयोग अपरिहार्य भएको बताउनुभयो ।

कार्यक्रममा मानवअधिकार पत्रकार सङ्घका अध्यक्ष छत्र शङ्करले नेपाली जनताले मानवअधिकारको अनुभव नगरेसम्म आयोग चुप लागेर बस्ने अवस्था नरहेको जानकारी गराउँदै सञ्चार क्षेत्रमा पनि राजनीतिक विषयवस्तुसरह नै मानवअधिकारका विषयलाई स्थान दिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया