तुलसीपुरबाट मालपोत र नापी कार्यालयको सेवा सुरु
इनेप्लिज
२०७१ चैत २३ गते ३:०० मा प्रकाशित
तुलसीपुर (दाङ), २३ चैत । दाङको तुलसीपुरमा मालपोत तथा नापी कार्यालयको स्थापना गरी सेवा आरम्भ गरिएको छ ।
कार्यालयको उद्घाटन पुनरावेदन अदालत तुलसीपुरका मुख्य न्यायाधीश शम्भुबहादुर खड्काले गर्नुभयो । उहाँले सेवा प्रवाहमा कुनै कञ्जुस्याइँ र ढिलासुस्ती नगर्न आग्रह गर्नु भयो ।
प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले प्रजातन्त्रमा विकेन्द्रीकरण र नजिकबाट जनतालाई सेवा प्रदान गर्नु उपयुक्त विधि हो तर नयाँ कार्यालय भएको बहानामा सेवा प्रवाहमा कुनै कसुर बाँकी नराखियोस् भन्नु भयो ।
सेवा प्रारम्भ भएसँगै अब जग्गासम्बन्धी कारोबार गर्न सदरमुकाम घोराही पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ । दाङका डुरुवा गाविसदेखि पुरन्धारा गाविससम्मका नागरिकले तुलसीपुरको मालपोत र नापी कार्यालयबाट लाभान्वित हुनेछन् ।
डिसीमा कूल ५ जना महिला तथा पुरुषलाई गोली प्रहार,संदिग्धको ब्यापक खोजी
टेक्सस ड्यालसका प्रहरी अधिकारीको निर्देशनमा दुई जनाको हत्या गरिएकोमा प्रकाउ
भर्जिनियामा कोभिड-१९ बाट १० बर्ष मुनिका बच्चाको पहिलो पटक मृत्यु
गभर्नरहरुले टेक्सस र मिसिसिपीमा मुखावरण नलगाउनु पर्ने घोषणा गरेता पनि ठूला व्यवसायले त्यसको पालना गर्ने
वाशिंगटन डिसीमा मिलिशिया समूहको ‘सम्भावित षड्यन्त्र’ पत्ता लागे पछि सुरक्षा कडा
प्रतिक्रिया