स्वाइन फ्लुका बिरामी घटे
चितवन, २३ चैत । सर्र्वसाधारण त्रसित हुनेगरी बढेको स्वाइन फ्लुका बिरामीको सङ्ख्यामा कमी आएको छ ।
चितवन जिल्लामा माघको दोस्रो हप्ताबाट देखिन थालेको स्वाइन फ्लु फागुनको अन्तिम साता र चैतको पहिलो साता ह्वात्तै बढेको थियो । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुरको सरकारी अस्पतालमा दैनिक २० देखि २५ जनासम्म स्वाइन फ्लु आशङ्काका बिरामीको नमुना सङ्कलन गरिएको थियो । यो सङ्ख्या घट्दै आएर हाल दैनिक चार ÷पाँचजनामा झरेको छ ।
कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार माघको दोस्रो सातादेखि हालसम्म ४४७ को नमुना परीक्षणका लागि पठाइएकामा १५३ मा स्वाइन फ्लु प्रमाणित भएको छ । जसमध्ये ८८ महिला छन् भने ६५ पुरुष रहेका छन् । प्रमाणित भएकामध्ये सबैभन्दा बढी चितवनका १२८ र नवलपरासिका १५ रहेका छन् ।
त्यसैगरी, रौतहट, धनुषा, कास्की, गोरखा, रुपन्देही, पर्सा, तनहुँ, काभ्रे, महोत्तरी र बाराका एक÷एक रहेको केसीले बताउनुभयो । जिल्लामा सरकारी अस्पताल भरतपुर अस्पतालमा मात्र नमुना सङ्कलन गरिँदै आएको छ । अस्पतालमा तीव्र परीक्षणका क्रममा शङ्कास्पद देखिएमा पिसिआर परीक्षणका लागि काठमाडौँ पठाइन्छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मधुसूदन कोइरालाले बिरामी घटेसँगै भरतपुर अस्पतालमा राखिएको सहयोग कक्ष हटाइएको बताउनुभयो । गर्मीसँगै स्वाइन फ्लु फैलिने क्रममा कमी आउने हुँदा मौसमका कारण बिरामीमा कमी आएको उहाँले उल्लेख गर्नु भयो ।
टेक्ससका उदियमान र्याप कलाकारको जर्जियाको राजमार्गमा गोलीवारीमा मृत्यु
डिसीका १३ बर्षिय किशोरलाई जबर्जस्ती अर्काको गाडी लुट्ने पाइएकोमा पक्राउ
महिला हिंसा,समस्या र चुनौतीको मात्र कुरा हैन,समाधानको बाटोहरु खोजौ
बाइडेनको १.९ खर्ब डलरको कोरोना राहत सिनेटद्वारा पारित
रक्तदानलाई एनआरएन अभियानसँग जोड्ने मेरो सपना छ : प्रेम श्रेष्ठ
प्रतिक्रिया