शनिबार, मंसिर २० २०७७
काठमाडौं ०७:५७
वासिङटन डिसी 21:12

संविधान जारी गर्ने पहिलो प्राथमिकता: नेता कोइराला

इनेप्लिज २०७१ चैत २२ गते १४:३० मा प्रकाशित

Shekhar-Koiralaकालीकोट, २२ चैत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सङ्गठन विभाग प्रमुख शेखर कोइरालाले नेपालमा धर्म निरपेक्षता होइन, सङ्घीयतासहितको धार्मिक स्वतन्त्रता हुने बताउनुभएको छ ।

नेपाली काँग्रेसले आज कालीकोटको मान्ममा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले आन्दोलनरत ३० दललाई इङ्गित गर्दै देशमा स्थायी शान्तितर्फ भन्दा पनि मुठभेडतिर लान खोजेको आरोपसमेत लगाउनुभयो ।

नेता कोइरालाले अहिलेको अवस्था भनेको जसरी पनि संविधान जारी गर्ने भएकाले पहिलो प्राथमिकता भनेको सहमति र नभएमा प्रक्रियाबाट अघि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया