चुरोट, गुट्खा बिक्रीवितरणमा निषेध
इनेप्लिज
२०७१ चैत २२ गते ४:५५ मा प्रकाशित
भीमदत्तनगर, २२ चैत । डडेल्धुरा जिल्लामा धूमपानजन्य पदार्थ खुला रुपमा बिक्री वितरणमा रोक लगाएको छ ।
किराना पसलसहित होटलमा विभिन्न किसिमका गुट्खा, सुर्ती, चुरोट खुल्ला रुपमा बिक्री वितरणमा रोक र तिनको बिक्री वितरण नियन्त्रणको अनुगमन गर्ने जिम्मेवारी नेपाल प्रहरीलाई दिइएको सहायक प्रजिअ करुणाकर अवस्थीले बताउनुभयो ।
बजार अनुगमनका क्रममा व्यापारीले खुला रुपमा धूमपानजन्य पदार्थ बिक्री वितरण गरेको पाइए जरिवाना गरिने अवस्थीको भनाइ छ । यसैगरी सार्वजनिकस्थलमा धूमपान गरेको भेटिएमा प्रहरीले नियन्त्रणमा लिई कारबाही गर्नेसमेत जनाएको छ ।
सरकारले करिब दुई वर्ष पहिले नै सार्वजनिक स्थानमा धूमपानजन्य पदार्थ खुला रुपमा बिक्री वितरणमा रोक लगाए पनि कार्यान्वय हुन नसक्दा सार्वजनिक रुपमा सेवन तथा बिक्री वितरण हुँदै आएको छ ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
तीन हजार नेपालीहरुको सहभागिता रहेको ऐतिहासिक एएनए सम्मेलन सम्पन्न
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
प्रतिक्रिया