दार्चुला–काठमाडौँ बस सेवा सञ्चालन हुने
इनेप्लिज
२०७१ चैत २२ गते ४:४१ मा प्रकाशित
बेलौरी(कञ्चनपुर), २२ चैत । महाकाली सेती यातायात व्यवसायी समितिले आगामी असारदेखि दार्चुला–काठमाडाँै बस सेवा सुरु गर्ने भएको छ ।
समितिका अध्यक्ष नवीन भट्टका अनुसार सेवाग्राहीको मागलाई ध्यानमा राखेर दार्चुला–काठमाडौँका लागि आठ बस सञ्चालनमा ल्याइने छन् । दार्चुलादेखि काठमाडौँका लागि बस सञ्चालन गर्न शनिबारदेखि व्यवसायीको आवेदन लिइएकोको भट्टले बताउनुभयो ।
समितिले भीमदत्तनगर–दिल्ली वातानुकूलित बस सञ्चालनका लागिसमेत प्रक्रिया अगाडि बढाउने भएको छ । विसं २०३७ मा स्थापित सो यातायात समितिले हाल ३३७ बस र कञ्चनपुरदेखि विभिन्न स्थानका लागि ट्क्यासी सञ्चालन गरेको छ ।
अमेरिकामा जन्मेकी प्राप्तिले अनलाइन मार्फत बालबालिकालाई नेपाली पढ्न र लेख्न सिकाउदै
मेरिल्याण्डमा गोली प्रहारबाट एक जनाको मृत्यु
न्यूयोर्कका गभर्नर कुमो बिरुद्ध लागेको यौन उत्पीडन समीक्षा गर्न स्वतन्त्र वकिल चयन गर्न आग्रह
राजधानी मन्दिरमा नेपाली पण्डित मोतिलाल शर्माबाट— स्वस्थानीको सॉगे (भिडियोसहित)
अमेरिकाको मिसिगनमा १४ बर्षिय किशोरीले हजुरआमाको हत्या गरेको अभियोगमा पक्राउ
प्रतिक्रिया