महायज्ञमा ४१ लाख बढी सङ्कलित
इनेप्लिज
२०७१ चैत २२ गते २:२४ मा प्रकाशित
देउखुरी (दाङ), २२ चैत । हिन्दू जागरण नेपाल दाङले घोराहीमा सञ्चालन गरेको महायज्ञमा रु ४१ लाख बढी रकम सङ्कलन भएको छ ।
गत फागुन २७ देखि चैत ४ गतेसम्म आयोजित महायज्ञमा नगद, कलश बिक्री एवम् भूमिदानबाट रु ४१ लाख २६ हजार २३३ सङ्कलन भएको छ । त्रिभुवननगरपालिका –११ का धीरज र शारदा पौडेलले रु पाँच लाख बराबरको जग्गा दान गर्नुभएको थियो ।
खर्च कटाएर रु २२ लाख दुई हजार ६४४ बचत भएको महायज्ञ आर्थिक समितिका संयोजक सानु थापाले जानकारी दिनुभयो । वृद्धाश्रममा वृद्धमैत्री भवन निर्माण र हिन्दूत्व संरक्षणको उद्देश्यका साथ श्रीमद्भागवत् राष्ट्र जागरण ज्ञानमहायज्ञ एवम् धनधान्याञ्चल अनुष्ठान गरिएको थियो ।
अमेरिकी तल्लो सदनद्वारा समानता ऐन पारित
सुजु आचार्यको ‘फुल टिप्न जादा ‘ गीत सार्वजनिक !
सिनेटद्वारा मिसिगनकी पूर्व गभर्नर जेनिफर ग्रानहोमलाई ऊर्जा सचिवमा अनुमोदन
दुई वर्षको कानुनी लडाई पछि ट्रम्पको गोप्य कर विवरण जिल्ला अधिवक्ताको हातमा
लेडी गागाको कुकुर घुमाउनेको छातीमा गोली प्रहार गर्दै फ्रेन्च बुलडग नामक दुई कुकुर चोरी
प्रतिक्रिया