कर्णाली विकास आयोगको विघटन गरिएको भन्दै स्थानीयवासीद्वारा गुनासो

इनेप्लिज २०७१ चैत २१ गते २:४५ मा प्रकाशित

karnali-bikasकाठमाडौँ, २१ चैत । सरकारले कर्णाली विकास आयोगको विघटन गरेकामा सो क्षेत्रका स्थानीयवासी तथा सरोकारवालाले गुनासो गरेका छन् ।

कर्णाली जनअधिकार मञ्चले शुक्रबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष प्रकाश रोकायाले अन्यायपूर्णरुपमा कर्णाली विकास आयोग विघटन गरिएको भन्दै सम्पूर्ण स्थानीयवासी मिलेर त्यसको विरूद्धमा सङ्घर्ष गर्नुपर्ने बताउनुभयो ।

अधिकारकर्मी दीपेन्द्र रोकाया, कर्णाली जनअधिकार मञ्चका सचिव कमल खत्रीललगायतले कर्णाली विकास आयोगलाई संवैधानिक रूप दिनुको सट्टा उल्टै विघटन गरी कर्णालीवासीलाई निरास बनाउने काम गरिएको आरोप लगाउनुभयो ।

सरकारले यही चैत ३ गते कर्णाली विकास आयोगको विघटन गरेको थियो ।

प्रतिक्रिया