उत्कृष्ट काम गर्ने राप्तीका सात सहकारी सम्मानित

इनेप्लिज २०७१ चैत २१ गते २:३८ मा प्रकाशित

दाङ, २१ चैत । अन्ठाउन्नौँ सहकारी दिवसको अवसरमा सहकारीको मूल्य र मान्यताअनुरुप उत्कृष्ट कार्य गरेको भन्दै सहकारी कार्यालय दाङले दाङसहित राप्तीका सात सहकारी संस्थाहरुलाई शुक्रबार सम्मान गरेको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालबाट उत्कृष्ट कार्य गर्ने ती संस्थाहरुलाई सम्मान गरिएको हो ।

सम्मानित हुने संस्थामा उद्यमशील कृषि सहकारी संस्था लमही दाङ, महाप्रभु बचत तथा ऋण सहकारी संस्था लालमटिया दाङ, चेतना जागरण महिला विकास बचत तथा ऋण सहकारी संस्था ढिकपुर दाङ, शारदा बचत तथा ऋण सहकारी संस्था श्रीनगर सल्यान, सिर्जनशील महिला आयआर्जन बचत तथा ऋण सहकारी संस्था चौखाबाङ रुकुम, सगरमाथा महिला बचत तथा ऋण सहकारी संस्था लिबाङ रोल्पा र फूलबारी बचत तथा ऋण सहकारी संस्था खैरा प्युठान रहेका छन् ।

प्रतिक्रिया