सामाजिक अभियानमा चम्पाका हजार पाईला ( समिक्षा)

इनेप्लिज २०७१ चैत २० गते ७:५७ मा प्रकाशित

1346274561_ttरात ढल्किसकेको थियो तरपनि मित्रताको कसिलो वन्धनको अपेक्षामा चम्पाले मलाई टुलुटुलु हेरिरहेकी थिईन् । मैले त्यो रात चम्पासंग भेट्ने वाचा गरेकी थिए त्यसैले हुन सक्छ चम्पाले मलाई चिहाईरहेकी थिईन् । मेरो व्यस्त दैनिकीसंगै करिव रातको १ वजेपश्चात मैले चम्पालाई हृदयदेखी नै स्वागत गरे । जव मैले चम्पाका हजार पाईलाभित्र लुकेको चम्पाको जिवनकहानी एकाएक पल्टाउन थाले, जिवनको वास्तविक भोगाईसंग ठ्याक्कै मेल खाने र चप्पाजस्ता हजारौ नारी पात्रहरूको कारूणिक कथाव्यथालाई उपन्यासको रूपमा तयार पारिएको चम्पाको डायरी पल्टाउदै जाँदा मेरो भोक प्यास र निद पनि विक्षिप्त वन्दै चम्पाकै यादमा विलिन हुन पुग्यो । मन एकाएक विचलित हुदै आखाँहरूवाट वलिन्द्र आशुको भेल उर्लिन शुरू गर्यो । एक पछी अर्को लाईन पढ्न खोज्यो तर मेरा परेलीहरू ओभाउनै सकेनन् । मध्यरातको चकमन्न अंधेरीले वाहिर चारैतिर शुनसान छाएको थियो । प्रेममय वातावराणसंगै वन्द कोठामा चम्पा र म मात्र थियौ । तप्प-तप्प तप्किएका मेरा आँशुहरूले चम्पालाई पनि निथुक्कै भिजाईसकेको थियो । मेरो मनमश्तिष्क नै चम्पाको मर्मस्पर्षी प्रेमसंग चुलुम्म डुविसकेको थियो । फेरी मनलाई कठोर वनाउदै चम्पाका भोगाईहरूसंग नजिकिन खोजे, तर फेरी पनि सकिन, त्यो चकमन्न रातमा म लगातार चम्पालाई अंगालो हाल्दै धक फुकाएर वेस्सरी रूदै थिए त्यतीवेला करिव विहानको चार वजिसकेको थियो ।
हुन त चम्पाका हजार पाईला एक उपन्यास न हो तरपनि मेरो मन त्यो एक उपन्यास मात्र हो भनेर मान्न तयारै भएन । चम्पाले भोगेजस्तै दुखपिडा, सामाजिक अपहेलना अनी नारी भएर जन्मनुको पिडा कतै वास्तविक जिवनमा मसंग पनि मेल खाईरहेको जस्तो लाग्थ्यो त्यसैले त झन् भावविह्ल हुदै चम्पासंग भक्कानिन पुग्थे । चम्पाले हजारौ चम्पाहरूलाई संवोधन गर्दै संघर्षरत यात्रामा भोगेका पाईला-पाईलाका पिडाहरूलाई छलङ उतारेकी रहिछिन् । कथामा आमाछोरीको ममतामयी सम्वन्ध, पुरूष पात्रले महिलामाथी गरेको अन्याय अनी महिला पात्रले नै महिलाको भावनाको अनादर गरिएका घटनाक्रमहरूले जो कसैलाई भावविह्ल वनाउछ । अभिभावकको काखमा लुटुपुटु गर्दै खेल्ने उमेरमा चम्पाले झेलेका दुखकष्ट, एक अवला गर्भिणी नारीलाई श्रीमानले घर निकाला गर्दाका दर्दनाक पिडाहरू अनी एक नारीले आफ्नो सन्तानप्रतिको उत्तरदायित्व, कर्तव्य तथा जिम्मेवारीको क्रममा भोगेका मार्मिक भोगाईहरूको पिडादायी संगालो नै चम्पाका हजार पाईला मार्फत सृजित रहेका छन । पुरुषप्रधान समाजमा रूढिवादी परम्पराको शिकार भएका हजारौ नारीमनहरूलाई समेटिएर लेखिएको चम्पाका हजार पाईलामा जीवनका बाहृय र आन्तरिक पक्षको सौन्दर्य बोधलाई उत्तिकै मुखरित गरिदिएको छ । कलकल वग्ने त्रिशुलीको मनोरम दृष्य, गरिवी, अशिक्षा, गाँउ र शहरिया परिवेशमा भोग्नुपरेका संघर्षरत पाईलाहरू अनी राजु जस्तो निस्वार्थ प्रेमीले जिवनसाथीको रूपमा दिएको साथले चम्पाको जन्मदाताले दिएको पुरूष पात्रको कालो दाग र पुरूषवादी समाजलाई नै चुनौती दिएको छ । उही पुरूष पात्र जन्मदाता र श्रीमानमा पाएको भिन्नताले चम्पाको श्रीमानलाई उदाहरणिय पुरूष पात्रको रूपमा चित्रण गरिएको छ । एक पुरूष पात्रको गलत फैशलाको कारण चम्पाको ४ जनाको परिवारले निकै कष्टकर जिवनयापन गर्नुपरेको कुराले नै उपन्यास भरिएको छ । चम्पाले वाल्यकालमा भोग्नुपरेका दुखपिडा अनी आफ्नै जन्मदाता ( वावु) को अशैय व्यावहार, शौतेनी आमाको अंहमता अनी एकै वावुका सन्तानमाथी गरिएको भेदभावपुर्ण व्यावहारले वालअधिकार , महिला अधिकार तथा मानव अधिकार नै खोसिएको छ । कथा पढ्दै जाने क्रममा पुरूषवादी हैकमी समाजमा महिलाहरूले झेल्नुपरेका कष्टकर भोगाईहरू सम्झिदै म हरेक पानाहरूमा भकानिएर रून पुग्थे । चम्पाकी आमाले जिवनको आरोह-अवरोहमा भोग्नुपरेका अत्यन्तै दुखदायी क्षणहरूसंग पनि अठोट आत्मवलका साथ अगाडी गरेको सामाजिक , पारिवारिक संघर्षले रूढीवादी परम्पराले ग्रसित पुरूषवादी समाजलाई नै चुनौती दिएको छ । प्रतिक्षापछीको सुखमा स्वर्गिय आनन्द हुन्छ भन्ने कुरालाई चम्पा र उनका भाईवहिनीले समाजलाई ऐना देखाए झै देखाईदिएको आजको परिवेशले आम युवा पिढीलाई पनि धैर्यताको शाहस थपिदिएको छ । कथामा कोरिएका कारुणिक , भावनात्मक र मर्मस्पर्शी घटनाहरूले कुनै पनि पाठकको मन सजिलै जित्न सक्ने विश्वास मैले लिएकी छु ।

प्रवासी भूमी इजरायल वसाईको क्रममा लामो समयदेखी चिरपरिचित सहकर्मी सावी पाठक ज्यू, तपाईको पहिलो कृती चम्पाका हजार पाईलाले मेरो पाईलालाई पनि उर्जा थपिदिएको छ । सामाजिक भावनाले ओतप्रोत मनकी धनी उपन्यासकार पाठकसंगको नजिक्याईलाई चम्पाले अझै प्रगाढ वनाईदिएकी छिन् । पिडामा छट्पटाईरहेका नारीमनहरूका लागि प्रवासी भुमीमा रहेर पनि केही राहत दिन सकिदोरहेछ भन्ने वलियो प्रमाण तपाईको सामाजिक भावनाले छताछुल्ल पारिदिएको छ । चम्पाका हजार पाईलालाई माया गर्नुहुने शुभचिन्तक तथा पाठकमित्रहरूको आशिर्वाद चम्पाजस्तै अन्यायमा तड्पिईरहेका नारीमनहरूको लागि अमुल्य उपहार हुनेछ भन्ने तपाईको चाहनाले समाजमा अल्झिएका स्वार्थीमनहरूलाई पनि एक पटक झस्काउनेछ भन्ने पुर्ण विश्वास लिएकी छु । तपाईसंग स्रष्टालाई हेर्ने सूक्ष्म दृष्टिकोण, अनुभूत गर्ने संवेदनशील मन र विश्लेषण गर्ने बौद्धिक उचाइ छ भन्ने वलियो प्रमाण चम्पाका हजार पाईलाले नै दिईसकेको छ तसर्थ यहाँको कलमको वेगमा कहिल्यै मसि नरित्तियोस् र कहिल्यै कथा नटुङ्गियोस् ।
नेपाली साहित्य सृजनाको निम्ति उर्वर भुमि बनेको इजरायल वसाईको क्रममा यहाँले चाल्नुभएको सामाजिक परोपकारी अवधारणाका यात्राहरूले उन्नती प्रगतीको शिखर चुम्न सकोस् । कलकल वग्ने त्रिशुली किनारको छेवैमा जिवनका भोगाईहरू साटेकी उपन्यासकार पाठकको मन त्रिशुलीको पवित्र पानीजस्तै कंचन वहिरहोस् । नारीका लागि नारी परोपकारी अक्षयकोषसंगको सहयात्रामा संगै लम्किएका हाम्रा पाईलाहरू नारीहरूमाथीको शोषण,दमन र विभेदको बिरुद्धमा वुलंद आवाज उठाउदै महान संकल्प र अठोटका साथ उदाहरणिय वन्दै इतिहास कोर्न सफल हुनेछ भन्ने पुर्ण अपेक्षाका साथ मेरो व्यक्तिगत तर्फवाट र नारीका लागि नारी परोपकारी अक्षयकोष परिवारको तर्फवाट हार्दिक वधाई तथा शुभकामना व्यक्त गर्दछौ ।

imager

प्रतिक्रिया