सभासद द्धय थापा र गुरुङ संग एनआरएनए पोर्चुगलको अन्तरक्रिया सम्पन्न

इनेप्लिज २०७१ चैत १९ गते १४:३२ मा प्रकाशित

khem(2)लिस्वन, नेपाली कांग्रेसका सभासद द्धय गगन कुमार थापा र धनराज गुरुङ संग एनआरएनए पोर्चुगलले एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ l अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभासद थापा ले गैर आवाशीय नेपालीहरुलाई नागरिकता दिने बिषयमा सबै पार्टीहरुका माझ एक किसिमको सहमति भई सकेको बताएका छन् l निर्वाचनमा सहभागिता हुने बाहेकको गैरआवाशीय नेपाली नागरिकता प्रमाण-पत्रको लागी सबै सकारात्मक भई सकेकोले उक्त कुरा संबिधानमा लेख्नका लागी गैरआवाशीय नेपाली एकजुट भएर अघि बढ्नु पर्ने सुझाए l सम्पूर्ण अधिकार सहितको नागरिकता दिनु पर्ने आफनो धारणा रहेको उनले बताए l प्रदेशको आर्जन र शिप लाई उपयोग गरि हालका दिन थुप्रै नेपाली आर्थिक उन्नति गरेको बताउदै विभिन्न उदाहरणहरुको चर्चा गरे l
अर्का बक्ता सभासद धनराज गुरुङले नेपालमा बढदै गएको बालवालिका तथा महिला हिंसाहरुका बिषयमा हदै सम्म कारवाही व्यवस्था हुनु पर्नेमा जोड दिए l नेपालले फासी सम्बन्धि अन्तराष्ट्रिय सन्धि सम्झौतामा गरिसकिएकोले सो व्यवस्था हुन नसक्ने तर त्यस्ता अपराधीहरुलाई कुनै पनि बाहानामा छुट दिन नहुने बताए l
नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य दिलिप पौडेलले अनलाईन पोर्टलहरुलाई कानुनको दायरा भित्र ल्याएर सत्य, तथ्य समाचार प्रेषण हुने वातावरण बनाउनु पर्ने बताए l
सोही अवसरमा नारी समाज पोर्चुगल की अध्यक्ष सिता बराल ले बालवालिका तथा महिला हिंसाको अन्त्यका लागी कडा कानुन बनाउनु पर्ने माग गर्दै सभासद मार्फत हस्ताक्षर सहितको एक ज्ञापन पत्र संविधान सभाका अध्यक्षलाई पठाएकी छन् l
उपाध्यक्ष गोबिन्द पौडेलको स्वागत, सचिव हेमन्त सेढाईको संचालन र अध्यक्ष रमेश कुमार गुरुङको सभापतित्वमा सोमबार एनआरएन कार्यालय रोशियोमा सम्पन्न भएको थियो l

प्रतिक्रिया