किशोरीलाई यौन शोषण गरेका चौधरीविरुद्ध मुद्दा दायर

इनेप्लिज २०७१ चैत १९ गते १२:२९ मा प्रकाशित

rape4गौशाला, १९ चैत । एक किशोरीलाई महिनौँदेखि यौन शोषण गर्दै आएको आरोपमा पक्राउ परेको भोगेन्द्र चौधरीमाथि महोत्तरी प्रहरीले आज जबर्जस्ती करणी मुद्दा दायर गरेको छ ।

जिल्लाको हरिहरपुर हरिणमरी गाविस–५ बस्ने ५५ वर्षीय भोगेन्द्र चौधरीले विगत आठ महिनादेखि बारा जिल्ला घर भएका १५ वर्षीया एक युवतीलाई बन्धक बनाई यौन शोषण गर्दै आएको खुलेपछि ऊ विरुद्ध मुद्दा चलाइएको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभयो ।

ती किशोरी आफ्ना बुबाआमासँग भारतको पञ्जाबमा बस्दै आएकामा विगत ११ महिना पहिले भोगेन्द्र चौधरीका ६० वर्षीय दाजु रामबहादुर चौधरीले ती युवतीलाई ललाइफकाई आफ्नो घरमा ल्याएर बन्धक बनाई तीन महिनासम्म यौन गरेका थिए ।

गत भदौ महिनामा रामबहादुर अचानक ती किशोरीलाई भाइ भोगेन्द्र चौधरीको घरमा छोडी गायब भएका थिए । त्यसपछि भोगेन्द्रले किशोरीलाई बन्धक बनाइ यौन शोषण गर्दै आएको र पीडितले लगाएको आरोप सावित भएपछि बिहीबार प्रहरीले भोगेन्द्र विरुद्ध मुद्दा चलाएको होे ।

बुधबार ती किशोरीको उद्धार गरिएको थियो । अर्का पीडकको रामबहादुर खोजी भइरहेको छ ।

प्रतिक्रिया