चिलिमेका कर्मचारी आन्दोलनमा
धुन्चे (रसुवा), १९ चैत । संस्था सुदृढीकरणको माग राख्दै चिलिमे जलविद्युत् कम्पनीका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।
चिलिमे जलविद्युत् कम्पनीका कर्मचारी युनियनका अध्यक्ष विप्लव खड्काका अनुसार त्रुटिपूर्ण तवरले लेखा प्रमुखलाई कम्पनीको सचिव बनाएको, प्राधिकरणमा काज फिर्ता गएका कर्मचारीलाई विदेश भ्रमण पठाउने गरेको, कर्मचारीले पाउनुपर्ने सेयर उपलब्ध गराउन ध्यान नदिएकाजस्ता गतिविधि भएकाले कम्पनी र कर्मचारीको हितमा कार्य गर्न १२ बुँदे ज्ञापनपत्र कम्पनीमा पेस गरी अनिश्चितकालीन दोस्रो आन्दोलन चैत १७ गतेबाट सुरु गरिएको हो ।
सरकारले मान्यता प्राप्त ट्रेड युनियनमार्फत् गठित युनियनले सेयर धनीलाई समेत यथोचित लाभांश दिनुपर्ने मान्यताका साथ शान्तिपूर्ण आन्दोलनमार्फत् अघि बढिरहेको अवस्थामा वार्ता नगरी प्रहरी हस्तक्षेप गराएकाले दोस्रो चरणअन्तर्गत केन्द्रीय कार्यालय तथा चिलिमे केन्द्रका सबै किसिमका प्रशासनिक काम बन्द गरिएको अध्यक्ष खड्काले बताउनुभयो ।
एनआरएनएमा सुवेदीको उम्मेदवारी
एसियन अमेरिकन माथि आक्रमण भएको बिरोधमा न्यूयोर्कमा जुलुस प्रदर्शन
डिसीमा प्रहरीहरुलाई हतियार सहित आक्रमण गर्न आउने आक्रमणकारीलाई गोली प्रहार
अमेरिकाज क्षेत्रका संयोजक त्रिपाठीले प्रमाणित नभएका २०९३ मतदाता सम्बन्धि अन्तिम प्रतिबेदन आइसीसीमा बुझाए
लेडी गागाका हिंसात्मक अपहरणमा परेका दुई कुकुर सकुसल र सुरक्षित रुपमा प्राप्त
प्रतिक्रिया