दमक, १९ चैत । झापाको शिवसताक्षी नगरपालिकास्थित झिलझिलेमा ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण भएको छ ।
स्थानीय रतुवामाई वृक्षरोपण आयोजनाको क्षेत्रमा ट्राफिकले करिब रु तीन लाख ५० हजारको लागतमा भवन निर्माण गरिएको हो ।
गाविस र स्थानीय क्षेत्रबाट सङ्कलित सहयोगबाट तीनकोठे भवन निर्माण गरिएको ट्राफिक प्रहरी सहायक निरीक्षक रोहित थापाले जानकारी दिनुभयो ।
दुई वर्षअघि भवन बनाउन स्थानीय बासिन्दाको सक्रियतामा एक निर्माण समिति गठन गरिएको थियो । स्थानीय सामाजिक अगुवा तुला बोखिमको संयोजकत्वमा १३ सदस्यीय निर्माण उपभोक्ता र पर्वत थुलुङको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिति गठन गरिएको थियो ।
प्रतिक्रिया