अप्रिल फुल मा यस्तो मजाक नगरियोस

इनेप्लिज २०७१ चैत १८ गते १६:४९ मा प्रकाशित
bijay 2
जब अप्रिल १, अप्रिल फूल ( बेवकुफ दिवस )आउछ अरु केहि सम्झन सक्दिन र यहि घटनाको यादले ज्यादै छटपट गराउछ l
आफुले यौवन क्षण बिताएको र अढाई दशक सम्म बसोबास गरेको नेपालको पुर्वान्चल क्षेत्र कै प्रसिद्ध तथा सुन्दर नगरी धरानमा घटेको हो l पूर्वीय देशबाट अप्रिल फूल (मुर्ख )बनाउने आएको हैन l पश्चिम देशबाट भित्रिएको हो l हामी पनि यो दिनलाई उत्साह पुर्वक मनाउने कोसिस गर्छौ र अरुलाई मुर्ख बनाउने कोसिस गर्छौ lतर तपाई सफल हुन् पनि सक्नु हुन्छ तर अब धेरै जसोलाई ज्ञान भै सकेको हुन्छ l अरुहरुले पनि यहाँहरुलाई मुर्ख बनाएको नै हुनु पर्छ l कहिले काहि ज्ञान हुदा हुदै पनि मन उढेको समयमा अरुको विश्वासमा पर्दछन र फ़स्दछ्न l
 
म पनि सिकार बनेको छु र यहाँहरुले अप्रिल मुर्ख दिवसमा धेरै ठुला मजाक गरेको संचार माध्यमबाट अवश्य सुन्नु भएको हुनु पर्छ र यसको शिकार पनि भएको हुनु पर्छ l अलिक अगाडिको कुरा हो ,धरानमा घटेको घटना हो र त्यो घटना साच्चै हो भनेर म पनि अस्पतालको आकष्मिक सेवामा भगवानको नाम लिदै बेतोडको साथ पुगे तर त्यो साचो खबर नभै कसैले एक ६५ बर्षिय एक बृद्ध महिलालाई अप्रिल १ ,अप्रिल फूल (मुर्ख )बनाएका रहेछन l
 
यति दुखित हुनु पर्यो कि ति बृद्ध आमाको प्राण चै गएन तर त्यो मानसिक तनाबले क्षत विक्षत हुनु परेको घटनाले जसको नयन पनि रसाउन पुग्यो l म पनि अति भाबुक भए l त्यो अप्रिल फूल बनाउनेलाई थाहा भएन कि परिणाम के हुन्छ भनेर l मजाक पनि हद हुन्छ र मजाक साथीभाई र अन्यसंग पनि नगरिने होईन तर कसैले पनि यस्तो मजाक गर्नु हुदैन l धरानको एउटा परिवारमा बस (यात्री बाहक गाडी )को ब्यबसाय गरि रहेका थिए र एउटा गाडीको ब्यबसाय सफल भए पछि अर्को गाडी पनि खरिद गरि धरान देखि धनकुटा चलाउने गरेका थिए l क्रमैसंग दाजुभाईहरु आलोपालो संग गाडीमा चालक र अन्यको भरमा नपरि साथ संगै हिड्ने गर्थे l भनिन्छ आफ्नो थैली दह्रो बनाउनु अरुलाई दोष नदिनु भने अनुसार दैनिक बिहान देखि बेलुका खट्दथ्ये l अप्रिल १ तारिखको दिन तत्कालिन समयमा नेपाल दूर संचारले वितरण गर्ने फोन सेट (दूरभास थान )मा कसले गरेको थाहा लाग्दैन थियो अर्थात् गर्नेको परिचय संख्या (कलर आई डी ) देखिदैन थियो l त्यसको मौकाको फाईदा अपराधीले लियो l 
 
अपरिचित व्यक्तिले कुनै सार्वजनिक स्थानबाट नराम्रो खबर भनि मजाक गरि दिन्छु भनि घरमा बसेकी बृद्ध दम तथा रक्तचापबाट पिडित आमालाई यो सुचना भनि दिन्छ कि यहाहरुको बस (यात्री बाहक गाडी )दुर्घटना भै खोलामा खस्यो lधरान देखि धनकुटाको बीच तमोर खोलामा घटना घट्यो र धेरै मानिसको मृत्यु पनि भयो l अनि आमाले मेरा छोराहरुको के हालत छ भनि प्रश्न गर्दा आमा दुवै छोराहरुको पनि घटनास्थल मै मृत्यु भयो भनि मजाक मजाक मै भनि दिन्छ l र धरानको बि पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानको स्थापना भन्दा कुरा पहिलाको हो l धरानको छाता चौक नजिकको धरान अस्पतालमा लास राखिएको छ र मुख हेर्न जानु भनि सूचना दिन्छ l ति बृद्ध आमाले बाबु तिम्रो नाम र परिचय माग्दा तुरुन्तै सम्पर्क बिच्छेद गर्दछ l
 
अनि त्यी आमाको के हालत भयो कसैले पनि त्यसको परिकल्पना गर्न सक्नु हुन्छ ,सुन्ने बित्तिकै आमा अलाप र बिलाप गर्दै छाती पिट्दै डाको छोडदै चिच्याउन थाल्छिन l रुवाबासि चल्छ र रुदा रुदा सहन नसकी अर्ध सचेत हुदै ढल्न पुग्छिन l मुर्छित हुन्छिन l घर भरि रहेका मानिस र छर छिमेक आई पुग्छन र पानी खनाउदै मुर्छित आमा बिउझिञ्छिन l कुनै हालतमा मेरो छोराहरुको अन्तिम मुख हेर्न अस्पताल जाने भदै जिद्दी गर्छिन l त्यो समयमा छोराहरुसंग सम्पर्क गर्न सकिने नै अवस्था थिएन किनभने सुचनाले ईन्तु न चिन्तु बनाई सकेको थियो l धरान अस्पताल गै बस दुर्घटना बारेमा सोधपुछ गर्दा कुनै पनि दुर्घटना भएको गाडी नआएको र त्यस्तो व्यक्तिहरुको मृत्यु नभएको अस्पतालमा खटिएका चिकित्सक र सहायकहरुले दिए l पछि अनि मन शान्त हुन्छ र घर फर्किन्छिन l तर उनि बिरामी भै उल्टै चिकित्सकहरुले औषधिमुलो गरि आराम गर्ने परामर्श दिन्छन l
 
ति बृद्ध महिलाले कहिले पनी त्यस्तो नभएको र कसैले पनी मजाक नगरेको भन्दै त्यो असत्तिलाई म जस्तो भगवानको घर जान आटेको हजुरआमा जस्तो मान्छेलाई मजाक गरेकोमा त्यसलाई हरियो बासले छिट्टै लगोस भनि सराप दिएकी थिईन l त्यो सरापले के भयो या भएन तर जे गर्यो र खेलबाड गर्यो त्यो अति भयो l एउटा मजाकले झन्डै हजुर आमा समय पहिले नै परमधाम जानु परेको घटनाबारे सम्झना यो कस्तो खेलवाड गरेको हो भनि सोच्दछु l यस्तो मजाक पनी भएको सत्य घटना सुनाउदा अमेरिकन सहकर्मीहरुले आश्चर्य हुदै कानुनि उपचार किन नगरेको र मुद्धा किन हालेको भन्दै यस्तो अमेरिकामा बिरलै हुन्छ भने l
 
हाल त्यी बृद्ध महिला यो दुनियामा हुनु हुन्न र त्यो घटनाको पत्ता लगाउन एक बर्ष सम्म खोज तलास गर्दा पनी आखिर पत्ता लगाउन सकिएन l यसरि यो घटना पछि आफ्ना सन्तानहरुले अप्रिल १ तारिखको दिन मृत्यु नहुन्जेल यस्तो घटना फेरी हुन् सक्छ भनि बृद्ध महिलालाई छोरा र नातिले सम्झाई रहन्थ्ये l अप्रिल फूलको यो मजाकले पराकास्ट नागेको छ र यस्तो ख्याल ठट्टा कहिले नदोहोरियोस l र यहि घटना समझदा मेरो मन खिन्न हुन्छ र अलिक भावुक पनी हुन्छु l अप्रिल १ तारिख कहिले नआए पनि हुने थियो भन्ने सोच्दछु l समयको चक्र संगै अप्रिल एक तारिख मुर्ख दिवस बार्षिक रुपमा टुप्लुक्कै सदैब आई पुग्छ किनभने समय बलवान छ र चक्र घुम्नै पर्छ l  

अप्रिल फूल (मुर्ख दिवस) दिवसमा कसैले पनि यस्तो मजाक र ख्याल ठट्टा नगरोस भनि सबैमा आग्रह गर्दछु l  ​

 
पुन प्रकाशित 

प्रतिक्रिया