त्रिशूलीमा डुबेर बालकको मृत्यु

इनेप्लिज २०७१ चैत १८ गते १५:०० मा प्रकाशित

trishuliगजुरी (धादिङ), १८ चैत । विद्यालयमा परीक्षा दिएर त्रिशूली नदीमा पौडी खेल्दै गरेका एक बालकको आज डुबेर मृत्यु भएको छ ।

कल्लेरी गाविस–३ स्थित बाराही प्राविमा कक्षा ३ मा अध्ययनरत ९ वर्षीय सुजन विकको मृत्यु भएको स्थानीयवासी नरेश खतिवडाले जानकारी दिनुभयो । विद्यालयमा परीक्षा सकिएपछि विकसहित अन्य बालबालिका पनि पौडी खेल्न गएका थिए । पहिले नदीमा पसेका उनी बालुवाको धापमा गाडिएर बाहिर निस्किन नसकेपछि अन्य बालबाललिकाले स्थानीयवासीलाई खबर गरेका थिए ।
बालक डुबेको ठाउँमा स्थानीयवासी र शिक्षकले खोजी गरी गाडिएको शव निकालिएको बताइएको छ । घटनास्थलमा पुगेको प्रहरीले मुचुल्का तयार गरी शव परीक्षणका लागि आफन्तको जिम्मा लगाएको छ ।

प्रतिक्रिया