युवतीलाई यौन शोषण गर्दै आएका चौधरी पक्राउ
गौशाला, १८ चैत्र । महिनौंदेखि एक युवतीलाई बन्धक बनाई यौन शोषण गर्दै आएको आरोपमा महोत्तरी प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको हरिहरपुर हरिणमरी गाविस–५ बस्ने ५५ वर्षीय भोगेन्द्र चौधरी रहेको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभएको छ ।
पक्राउ परेका चौधरीले गत भदौ महिनादेखि नै बारा जिल्ला घर भएका १५ वर्षीया एक युवतीलाई बन्धक बनाई यौन शोषण गर्दै आएको पीडित युवतीले आरोप लगाएकी छिन् ।
बारा जिल्ला घर भएकी ती युवती बुबा, आमासहित स–परिवार भारतको पञ्जाबमा बस्दै आएकी थिइन् । पक्राउ परेका चौधरीका ६० वर्षीय दाजु रामबहादुर चौधरीले गत जेठ महिनामा ती युवतीलाई ललाइफकाई नेपालको महोत्तरीको हरिहरपुर हरिणमरी आफ्नो घरमा ल्याएर बन्धक बनाई यौन शोषण गर्दै आएका थिए ।
गत भदौ महिनामा दाजु रामबहादुर अचानक ती युवतीलाई भाइको भोगेन्द्रको घरमा छाडी गायब भएपछि गत भदौदेखि भाइ भोगेन्द्रले युवतीलाई यौन शोषण गर्दै आएका थिए ।
यसैबीच, भारतको पञ्जाबबाट छोरीको खोजबिन गर्दै युवतीको आमा महोत्तरी आइपुगेकी हुन् र उनले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा दिएको जाहेरीको आधारमा आज खटिगएको प्रहरीको विशेष टोलीले भोगेन्द्रलाई ती युवतीलाई बन्धक बनाई घरमा राखेकै अवस्थामा पक्राउ गरेको हो ।
प्रहरीले पीडित युवतीलाई स्वास्थ्य जाँच गराउन जिल्ला अस्पताल जलेश्वरमा पठाएको छ । पीडक चौधरीलाई जिप्रका महोत्तरीमा राखी आवश्यक अनुसन्धान सुरु गरिएको छ ।
पीडकका दाजु रामबहादुर चौधरीको खोजीमा प्रहरी परिचालन गरिसकिएको जिप्रका महोत्तरीले जनाएको छ ।
अमेरिकामा १ करोड १ लाख ७५ हजार मानिस कोरोनाबाट मुक्त ,७ करोड ५२ लाखले खोप लगाए
अमेरिकामा जन्मेकी प्राप्तिले अनलाइन मार्फत बालबालिकालाई नेपाली पढ्न र लेख्न सिकाउदै
सिडिसीले मतदान गर्दै जोन्सन एण्ड जोन्सनको खोप अमेरिकामा चलाउन सिफारिस
मेरिल्याण्डमा गोली प्रहारबाट एक जनाको मृत्यु
न्यूयोर्कका गभर्नर कुमो बिरुद्ध लागेको यौन उत्पीडन समीक्षा गर्न स्वतन्त्र वकिल चयन गर्न आग्रह
प्रतिक्रिया