बुधबार, मंसिर १७ २०७७
काठमाडौं १५:००
वासिङटन डिसी 04:15

पोखरामा अवैध हतियारसहित पाँचजना पक्राउ

इनेप्लिज २०७१ चैत १८ गते ११:०३ मा प्रकाशित

पोखरा, १८ चैत । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिगएको प्रहरी टोलीले पोखराको लेकसाइडबाट अवैध हातहतियारसहित पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विवस पौडेल, अनिल परियार, हीरासिंह गुरुङ, बलबहादुर विक र तेन्जिङचुण्डु लामा छन् ।

सो ठाउँमा रहेको होटल लोन्लीका सञ्चालकसमेत रहेका पौडेलले आफू सुत्ने कोठामा लुकाइ राखेको अवस्थामा एयर गन मोडलको एक थान पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबैलाई हातहतियार तथा खरखजाना मुद्दामा म्याद थप गरी अनुसन्धान गरिएको छ ।

प्रतिक्रिया