बिहीबार, मंसिर ११ २०७७
काठमाडौं ०७:३४
वासिङटन डिसी 20:49

आठ किलो सुनसहित दुई जना पक्राउ

इनेप्लिज २०७१ चैत १८ गते १०:५९ मा प्रकाशित

pakrau-चौतारा, १८ चैत । सिन्धुपाल्चोकको जलवीरेबाट काठमाडौँ जाँदै गरेको बा२ख १२०२ नम्बरको यात्रुबाहक बसमा आठ किलोग्राम अवैध सुनसहित दुई जनालाई प्रहरीले आज अपराह्न नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय बाह्रबिसे र जलवीरेको संयुक्त प्रहरी टोलीले विशेष सुराकीका आधारमा सिन्धुपाल्चोकको गुम्बा गाविस–८ निवासी ३० वर्षीय पासाङ शेर्पा र सोही ठाउँका २८ वर्षीय लाक्पा शेर्पाको साथबाट उक्त सुन बरामद गरेको प्रहरी निरीक्षक मञ्जिल मुकारुङले जानकारी दिनुभयो ।

पासाङको कम्मरबाट पाँच किलो र लाक्पाको झोलाबाट तीन किलो सुन बरामद भएको हो ।

प्रतिक्रिया