अफिम खेती नष्ट गर्न प्रहरीले सक्रियता बढायो
रुकुम, १८ चैत । प्रहरीले रुकुमका विभिन्न ठाउँमा अवैध रुपमा खेती हुँदै आएकोे अफिमलाई नष्ट गर्न सुरु गरेको छ ।
विशेष सुराकीको आधारमा अवैधरुपमा अफिमखेती गरिरहेको ठाउँको पहिचान गर्दै प्रहरीले त्यसलाई नष्ट गर्ने कार्यको सुरुवात गरेको हो । केही समय पहिले मात्र स्यालापाखा गाविस–३ र ४ का छ घरपरिवारले करिब १० कट्ठा जग्गामा लगाएको अफिमखेती नष्ट गरेको प्रहरीले पछिल्लो समयमा स्यालापाखा कै वडा नं २ भुरुङ्गामा दुई विघाभन्दा बढी क्षेत्रमा लगाइएको अफिम नष्ट गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द थपलियाले जानकारी दिनुभयो ।
अवैधरुपमा खेती गरेको अफिमलाई प्रहरीले नष्ट गर्न सुरु गरेपछि स्थानीयवासी पनि खुसी भएका छन् । सामाजमा यसले विकृति ल्याउने भन्दै त्यसलाई नष्ट गर्न स्थानीयले पनि प्रहरीलाई सहयोग गरिरहेका छन् ।
जिल्लाका विभिन्न ठाउँमा गहँु, मकै, तरकारी लगाउने खेतबारीमा नै अफिम खेती गरिएको गुनासो बढेपछि प्रहरी नायब उपरीक्षक थपलियाको सक्रियतामा अफिम नष्ट गर्ने कार्यको सुरुवात भएको हो ।
बाइडेनले टेक्ससको गभर्नरले मुखावरण हटाउने निर्णयलाई ‘पुरातनपंथी सोच’ किन भने ?
न्याकले आइतबार महिला दिवस मनाउने
नेपाली कांग्रेसका ऐतिहासिक योद्धा संग अन्तरक्रिया कार्यालयमा
अमेरिकामा १ करोड २० लाख कोरोनाबाट मुक्त, ७ करोड ८६ लाखले खोप लगाए
एनसीसिओको साधारण सभा भव्यताका साथ सम्पन्न, निजानन्द मल्ल दोश्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित
प्रतिक्रिया