सुवेदी मृत फेला
इनेप्लिज
२०७१ चैत १८ गते २:५४ मा प्रकाशित
इलाम, १८ चैत । इलाम नगरपालिका–७ का ४० वर्षीय गङ्गाप्रसाद सुवेदी मङ्गलबार दिउँसो माईखोलामा मृत अवस्थामा भेटिएका छन् ।
घरबाट धूपबत्ती बाल्न खोला जान्छु भनेर बिहान हिँडेका सुवेदी अवेरसम्म घर नफर्किपछि परिवारजनले खोजी गर्नेक्रममा खोलामा मृत भेट्टाएका हुन् ।
वैदेशिक रोजगारीबाट एक साताअघि मात्र घर फर्किएका सुवेदीको शव खोलामा तैरिरहेको अवस्थामा भेटिएको हो । घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इश्वर थापाले बताउनुभयो ।
बाइडेनले टेक्ससको गभर्नरले मुखावरण हटाउने निर्णयलाई ‘पुरातनपंथी सोच’ किन भने ?
न्याकले आइतबार महिला दिवस मनाउने
नेपाली कांग्रेसका ऐतिहासिक योद्धा संग अन्तरक्रिया कार्यालयमा
अमेरिकामा १ करोड २० लाख कोरोनाबाट मुक्त, ७ करोड ८६ लाखले खोप लगाए
एनसीसिओको साधारण सभा भव्यताका साथ सम्पन्न, निजानन्द मल्ल दोश्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित
प्रतिक्रिया