सिरहामा हात्तीपाइले रोगीको सङ्ख्या दुई सय छत्तीस पुग्यो
गोलबजार (सिरहा), २५ फागुन । सिरहामा हात्तीपाइले रोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । राज्यले हात्तीपाइले रोग लाग्न नदिन बर्सेनि करोडौँ रुपैयाँ खर्च गरेर अभियान चलाएको छ तर सिरहामा उक्त अभियान निष्प्रभावी बनेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हात्तीपाइले रोगीको सङ्ख्या बढेर २३६ पुगेको तथ्याङ्क सार्वजनिक गरेको हो । कार्यालयप्रमुख डा दयाशङ्करलाल कर्णका अनुसार जिल्लामा हात्तीपाइले रोगबाट २३६ सङ्क्रमित फेला परेकामध्ये १७५ मा हाइड्रोसिल, ५१ को खुट्टा सुन्निएको र १० को हात तथा स्तनको आकार बढेका छन् ।
प्रमुख डा कर्णले गत आर्थिक वर्षमा गाउँ–गाउँमा हात्तीपाइले रोगको औषधि खुवाउने क्रममा रोगीहरु फेला परेको जानकारी दिनुभयो र उहाँले क्युलेक्स लामखुट्टेको टोकाइबाट सर्ने हात्तीपाइले रोग स्थानीयवासीले लाज मानेर लुकाउने गरेको पाइएको बताउनुभयो । “उपचार गर्दा निको हुने हात्तीपाइले रोग लुकाएर राखेकाले समस्या भएको छ”–डा कर्णले भन्नुभयो–“लाज मानेर हात्तीपाइले रोग लुकाएका कतिपयले भारतमा गएर उपचार गराएको पनि पाइएको छ ।”
उहाँले हात्तीपाइले रोगको लक्षण देखेपछि निको हुने रोग भएकाले रोग लुकाउन नहुने सबैसँग आग्रह गर्नुभयो । सरकारले नेपाललाई हात्तीपाइले रोगमुक्त राष्ट्र घोषणा गर्न ३३ जिल्लामा अभियान सञ्चालन गरिरहको छ । रासस
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
काठमाडौको प्रदुषण र जाम हटाउन चीनबाट केही सुझाबहरु
भर्जिनियाको सडक दुर्घटनामा एक नेपालीको दुखद निधन
एन्काको नया बर्ष र साधारण सभा सम्पन्न
भर्जिनीयामा एनआरएनए अध्यक्ष पदका उमेदवार बुद्धीसागर सुबेदी र समुहसंग अन्तरक्रिया कार्यक्रम हुने
नेपाली समुदायद्वारा सिटी काउन्सिल डिस्ट्रिक्ट २५ का उम्मेदवार यि (एन्डी )चेनका लागि समर्थन कार्यक्रम सम्पन्न
जर्ज फ्लोयडले न्याय पाएकोमा सभामुख न्यान्सी पेलोसीद्वारा हर्ष व्यक्त
न्याकद्वारा राम नवमीमा पूजा अर्चना र भजनकीर्तन गरिंदै
प्रतिक्रिया