जिल्ला अस्पतालमा दाँत तथा मुख उपचारकक्ष स्थापना
बाबियाचौर (म्याग्दी), २५ फागुन । सदरमुकाम बेनीमा रहेको म्याग्दी जिल्ला अस्पतालमा दाँत तथा मुख उपचार कक्ष सुरु भएको छ ।
सरकारी अस्पतालले यस्तो सेवा सुरु गरेपछि दाँत र मुखसम्बन्धी समस्या भएका बिरामीले महँगो खर्च गरेर जिल्लाबाहिर तथा निजी क्लिनिकमा जानुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ ।
दाँत कीराले खाएको, दाँत दुख्ने, बाङ्गो भएको, दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने, मुखमा घाउ खटिरा, चोटपटक लागेको लगायतका उपचार सेवा सुरु गरेको जिल्ला स्वास्थ्य प्रमुख डा रोशन न्यौपानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार छुट्टै उपचारकक्ष स्थापना गरेर यसै महिनादेखि दाँत र मुख उपचारसम्बन्धी सेवा सुरु गरिएको हो ।
दन्त सेवा सञ्चालन गर्न निक साइमन इस्न्टिच्युटले आठ लाख रुपैयाँबराबरको उपकरण सहयोग गरेको छ । स्वास्थ्य मन्त्रालयले एक चिकित्सकको समेत व्यवस्था गरेको छ । म्याग्दी जिल्ला अस्पतालमा आकस्मिक, अन्तरङ्ग र बहिरङ्गबाहेक हाल शल्यक्रियासहितको जटिल प्रसूति, पिएमटिसिटी, एआरभी, बालरोग र क्षयकुष्ठ रोगसम्बन्धी सेवा उपलब्ध छ ।
तीन विशेषज्ञसहित सात चिकित्सक कार्यरत अस्पतालमा छिट्टै नै हाडजोर्नीसम्बन्धी विशेषज्ञ सुविधा पनि सञ्चालन गर्न पूर्वाधार जुटाउन पहल गरिरहेको अस्पताल विकास समितिका अध्यक्ष चन्द्रकुमार केसीले बताउनुभयो ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
किशोर पन्थीको पुस्तक ‘अन्ट्रान्सलेटेबल’ अमेरिका सहित विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा
एनआरएन एनसीसी अमेरिकाको ११ औं साधारणसभाको तयारी पुरा ,केही समय पछि उद्घाटन सुरु
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
प्रतिक्रिया