व्यापारी मैनाली हिजोदेखि बेपत्ता
दमक, २४ फागुन । झापाको शिवसताक्षी नगरपालिका–७ स्थित दुधे बजारका व्यापारी रामप्रसाद मैनाली हिजो बेलुकादेखि बेपत्ता भएका छन् ।
दुधे बजारमा सुनचाँदी पसल सञ्चालन गरेर बसेका मैनालीको खोजीका लागी प्रहरी परिचालन गरिएपनि अहिलेसम्म पत्तो लाग्न सकेको छैन ।
स्थानीयबासिन्दाका अनुसार शनिबार दिउँसो श्रीमतीसहित दमक आएर फर्केका मैनालीले श्रीमतीलाई दुधेमा छोडेर जग्गाको विवाद छ मिलाउन जान्छु भन्दै विर्तामोडतिर लागेका थिए । बा८च ८०७७ नम्बरको निजी गाडीमा रहेका मैनालीको गाडी सुरुङ्गा चोकमा पार्किङ गरेको अवस्थामा भेटिएको छ ।
गाडीमा मैनालीले प्रयोग गरेको मोबाइल फोन पनि छोडिएको प्रहरीले जनाएको छ । सिसी क्यामेराको फुटेजअनुसार मैनालीको गाडी साँझ ५ बजेर १२ मिनेटमा सुरुङ्गामा पार्किङ गरेको देखिन्छ ।
इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक विनोद निरौलाका अनुसार अहिले मैनलीको खोजीका लागी प्रहरीको विभिन्न टोली परिचालन गरिएको छ ।
बिहानसम्म सम्पर्कमा नआएपछि मैनाली परिवारले प्रहरीमा खबर गरेको हो । जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्रनाथ रेग्मीले अनुसार मैनाली अपहरणमा परेका हुन् कि भन्ने आशङ्कामा प्रहरी परिचालन गरेर खोजी भइरहेको बताउनुभयो ।
अनुसन्धानको क्रममा अहिले तीनजना व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया