प्रेस वक्तव्य – नारी हित कल्याण कोषको स्थापना

इनेप्लिज २०७१ फागुन २४ गते ८:२१ मा प्रकाशित

प्रेस वक्तव्य

नारी हित कल्याण कोषको स्थापना

विश्वभरि छरिएर रहेका नेपाली भाषीहरूलाई भाषा, साहित्य, संस्कृति र शिक्षाको माध्यमबाट एकै सूत्रमा बाँधी उनीहरूको शैक्षिक उत्थानमा एक शसक्त अभियानको थालनी गर्ने उद्देश्यका साथ स्थापना भएको बौद्धिक संसार शैक्षिक प्रतिष्ठानले सन् २०१२ बाट संयुक्त राज्य अमेरिकाको लस एन्जलस क्षेत्रलाई आधार बनाएर पुस्तकालय व्यवस्थापन, छात्रवृति वितरण तथा नेपाली भाषामा छापा पत्रिका प्रकाशन गरिरहेको कुरा विदितै छ ।  

प्रतिष्ठानले लस एन्जलस काउन्टी अन्तर्गत  आर्टेशिया सामुदायिक पुस्तकालयसँगको सहकार्यमा नेपाली भाषाका तथा नेपाल सम्बन्धी अँग्रेजी भाषाका पुस्तकहरू पुस्तकालयमा उपलब्ध गराइ सकेको र अमेरिकाका अन्य स्थानहरूमा पुस्तकालय विस्तार गर्ने पहल भइरहेको सन्दर्भमा आगामी दुई महिना भित्रमा अन्य दुई स्थानमा पुस्तकालय विस्तार गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । प्रतिष्ठानले घर आँगन जेहनदार छात्रवृति कार्यक्रम अन्तर्गत नेपालको दुर्गम जिल्ला संखुवासभाका तीनवटा विद्यालयहरूमा २२ जना विद्यार्थीहरूलाई  उपलब्ध गराउँदै आएको छात्रवृत्ति संख्या वृद्धिको क्रममा छ । त्यसैगरी प्रतिष्ठानले नेपाली भाषामा समुदाय नामक नेपाली छापा मासिक पत्रिका विगत तीन वर्षदेखि निरन्तर रूपमा प्रकाशन गरी अमेरिकाका १८ वटा राज्यका ७०० ग्राहकहरूमा निःशुल्क वितरण गर्दै आएको छ ।

प्रतिष्ठानले आफ्नो लक्ष्य अनुरूप कार्यक्रमहरू विस्तार गर्ने क्रममा अन्तर्राष्ट्रिय नारी दिवस २०१५ को अवसर पारेर नारी हित कल्याण कोषको स्थापना गर्ने निर्णय गरेको छ । समाजमा बढ्दै गएको तडक भडकमा खर्च हुने रकमलाई महिला  हक, हित र कल्याणका विविध क्षेत्रमा खर्च गर्न सके उनीहरूको जीवनस्तर वृद्धिमा केही हदसम्म भए पनि सहयोग पुग्ने ठानी यस कल्याण कोषको स्थापना गर्ने निर्णय गरिएको हो ।

प्रचारात्मक अर्थात् कुरा गरेर मात्र काम गर्ने भन्दा पृथक, कार्यलाई प्राथमिकता दिने प्रतिष्ठानको शैली अनुरूप स्थापना गरिएको यस कोषमा सन् २०१५ को मे महिना सम्ममा सहभागी हुने सम्पूर्ण महानुभावहरू यस कोषका संस्थापक सदस्य हुनु हुनेछ । कोषको सञ्चालन प्रकृया सम्बन्धी विस्तृत जानकारी पछि प्रकाशन गरिनेछ ।

प्रतिष्ठानको तर्फबाट १०१ डलरबाट शुरू गरिएको कोषमा हाललाई निम्न महानुभावहरू बाट सहयोग रकम प्राप्त भएको छ ।  यो सूचीमा थप नामावलीहरू प्रतिष्ठानको फेसवुक पेज तथा वेबसाइट मार्फत अद्यावधिक गरिनेछ ।

 

१)      सुनन्दा थापा ५०१ डलर

२)      प्रमिला राइ १०१ डलर

३)      गुण देवी लामिछाने १०१ डलर

४)      हीमा खनाल १०१ डलर

५)      रीता मिश्र १०१ डलर

६)      सुर्जा श्रेष्ठ १०१ डलर

७)      देवी श्रेष्ठ १०१ डलर

८)      बृन्दा श्रेष्ठ गुरागाइँ १०१ डलर

९)      चन्द्रकला मिश्र ५१ डलर

१०)  सुजाता भट्टराई ५१ डलर

११)  राधिका थापा ५१ डलर

१२)  शारदा ढकाल ५१ डलर

१३)  सपना चाकुवाजी ५१ डलर

१४)  लक्ष्मी पन्त २५ डलर

१५)  प्रियंका घिमिरे २१ डलर

१६)  बिमला भेटवाल २१ डलर

१७)  सुनयन थापा २१ डलर

१८)  तुलसा सुवेदी २१ डलर

१९)  चुना थापा २१ डलर

२०)  तुलसा सिग्देल २१ डलर

२१)  सुस्मिता लिम्वु २१ डलर

प्रतिष्ठानले हालसम्म गर्दै आएको विभिन्न कार्यक्रमहरूमा सहभागीता जनाउनु हुने सबै महानुभावहरूमा आभार प्रकट गर्दै यस कार्यमा पनि यहाँहरूको उल्लेख्य सहभागिताको प्रतिष्ठानले अपेक्षा राखेको छ । 

धन्यवाद !

मितिः मार्च ७, २०१५

प्रतिक्रिया