बुधबार, कार्तिक ५ २०७७
काठमाडौं ०७:१८
वासिङटन डिसी 21:33

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

इनेप्लिज २०७१ फागुन २४ गते ४:५४ मा प्रकाशित

accident-signचौतारा, २४ फागुन । सिन्धुपाल्चोकको तातोपानीबाट बाह्रबिसेतर्फ आइरहेको बा६१प ९२१२ नं को मोटरसाइकल शनिबार साँझ मार्मी–१ सखुवामा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

मृत्यु हुनेमा दोलखा जिल्ला भीमेश्वर नगरपालिका–५ निवासी २१ वर्षीय रमेश श्रेष्ठ र २० वर्षीय नकुल श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक मञ्जिल मुकारुङले बताउनुभयो । अनियन्त्रित अवस्थामा आइरहेको उक्त मोटरसाइकल सडकबाट झन्डै ३०० मि तल भोटेकोसी नदीको खोँचमा खसेको जनाइएको छ ।

प्रतिक्रिया