म्याद नाघेका दैनिक उपभोग्यवस्तु जफत

इनेप्लिज २०७१ फागुन २४ गते ४:४५ मा प्रकाशित

timthumb.phpखोटाङ, २४ फागुन । सदरमुकाम दिक्तेलका २१ खुद्रा पसलबाट म्याद नाघेका भारी मात्रामा उपभोग्यवस्तु जफत गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा शनिबार गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रिएका बिस्कुट, चाउचाउ, तेल, हल्का पेयपदार्थ, मिनेरल वाटर, टुथपेस्ट, पोका दूध, हर्लिक्स, चक्लेट, सुपारी, मिठाइ, चिजबललगायत एक ट्र्याक्टर सामान जफत गरिएको सहायक प्रजिअ अर्जुन राईले बताउनुभयो । राईले भन्नुभयो–“जनस्वास्थ्यका विषयमा व्यवसायीले हेलचेक्य्राइँ गरिरहेको पाइएको छ, हामी तिनलाई छाड्दैनौँ ।”

प्रतिक्रिया