शान्तिदूत कार्यक्रम सञ्चालन हुने

इनेप्लिज २०७१ फागुन २४ गते २:३९ मा प्रकाशित

चितवन, २४ फागुन । समाजमा हुने विभिन्न खालका अपराध न्यूनीकरणका लागि प्रहरीले शान्तिदूत कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

नागरिकलाई उत्तरदायी बनाउन प्रहरी नागरिक हातेमालोअन्तर्गत शान्तिदूत कार्यक्रम गर्न लागिएको प्रहरीले जनाएको छ । त्यस्तै यही फागुन २७, २८ र २९ गते कक्षा ११ का विद्यार्थीका लागि तीन दिवसीय गैरआवासीय प्रशिक्षण कार्यक्रम गरिने प्रहरी नायब उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । प्रशिक्षणमा बाल क्लबका प्रतिनिधि र शिक्षकशिक्षिकासहित १०० जनाको सहभागिता रहने छ ।

कुलत तथा दुव्र्यसन, सवारी नियम उल्लङ्घन र अन्य आपराधिक क्रियाकलापमा युवाको संलग्नताको दर उच्च भेटिएकाले युवालाई लक्ष्य गरी सो कार्यक्रम सञ्चालन गर्न लागिएको बताइएको छ । चितवनमा शान्तिदूत कार्यक्रम सञ्चालनका लागि मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक रमेश खरेलको संयोजकत्वमा ३७ सदस्यीय सञ्चालक समितिसमेत गठन भएको छ ।

प्रतिक्रिया