श्रीमान ।श्रीमति : केशव—दुर्गा कुवर दम्पत्ति ज्यू संग को अन्तर्वाता
श्री केशव जी को छोाटकरी परिचय : बिभिन्न संघ संस्थाहरुमा आवद्ध तथा विभिन्न ओहदाहरुमा (उपाध्यक्ष , अध्यक्ष, का का स तथा संस्थापक सदस्य) पदाशिन, धेरै संस्थाकाआजीवन सदस्य रहेका, अति सफल ब्यबशायी तथा कुशल प्रवन्ध निर्देशक, वहां शिक्षाले सिभिल इञ्जिीनीयरींग मा भवन निर्माण विधामा वैशिष्टयका साथ स्नात्तकोत्तर गर्नुभएका तदकालीन सोभियत संघको नामुद वन्दरगाह अडेस्सा शहर वाट । ती मध्ये केही उल्लेख्य: नेपाल— क्यानाडा मैत्री तथा सांस्कृतिक समाज का २००७ देखि २०१४ जुन सम्मका अध्यक्ष, आर्किटेकचरल तथा इञ्जिीनीएरींग समज (स्कयाफ) का तीनपटक उपाध्यक्ष र २ पटक अध्यक्ष , नेपाल तथा भुटान का लागि जिल्ला नं ३२९२ का नव निर्वाचित रोटरीयन गभर्नर, तथा ‘शिल्ट‘ इञ्जिीनीयरींग परामशदात्रृ संस्थाका संस्थापक महाप्रवन्धक, विभिन्न शिक्षण संस्थान तथा उद्योगका उद्योगपति, सामुदायकि तथा परोपकारी काममा सक्रिय एक उदाहरणीय वहुआयामिक व्यक्तित्व जस संग मास्कोमा १९७४ तिर मेरो भेट परिचयभएको थियो।
अनि श्रीमति दुर्गा जी को छोाटकरी परिचय : डिल्ली वजार काठमाण्डुमा जन्मेकी, पद्म क्न्या क्याम्पस वाट इतिहास तथा राजनीति शास्त्रमा स्नातक गर्नु भएकी, तेश्रो वर्षमा अध्ययनरत हुादा हुादै बिहा वारी गरी घर जम वसाल्न थालेकी , नेपाल इञ्जिनीएर्स श्रीमति साघकी २०५८ वि.स.मा सास्थापीका भइ हालसम्म का.का.स. को एक सकृय सदस्या रही आयकी ।
हाल, यो युगल जोडी रोटरी ल्कवको सम्मेलनमा भाग लिन शान डियागो , क्यलिफोर्निया मा आउनु हुंदा, मेरो दम्पत्तिको निम्तोमा भ्यानकुवर आइपुगग्दा, समसामयीक विषयबारे वार्तालापको सारसंक्षेप प्रस्तुत गरेको छु ।
१। उता जानु अघि, नेपालमा हुंदा को छोंटकरी जीवनी परिचय, (कहां र कहिले जन्मेको, हुर्केको र पढेको आदी) वताइ दिनुहुन्छ कि?:
उत्तर: जन्मेको वि.सं.वैशाख ९, २०१० साल (इ सं १९५३ ), चिदीपानी अर्गातोष, अर्घाखााची मा । १० वर्ष सम्म त्यहीा हल्लियर विताय पछि भुवन वस्ती गुञ्जनगर , चितवनमा वसाइ सरी शारदा उच्चमावि कक्षा ३ मा भर्ना र सो पश्चात कक्षा ६ र ७ गर्दै, विद्यालयभरी कै प्रथम हुादै, जेहन्दार छात्रवृत्ति का साथ २०२६ सालको प्रवेशिका परिक्षा उत्तिर्ण। अनि, अस्कलमा भर्ना भइ ,त्यहांपनि जेहन्दार छात्रवृत्ति का साथ (मासिक रु ७५। )२०२८ सालमा आइ. यस्सि. उत्तिर्ण । त्यो वेलाको झझल्को को कुरा गर्नु पर्दा : मेरा सहपाठीहरु हालको ए—माओवादी नेता डा. बाबुराम भटराइ , डा. उपेन्द्र देवकोटा तथा राप्रपा —नेपालका नेता कमल थापा आदि थिय । ठट्टा गर्दै भन्छन कि— बाबुराम भटराइलाइ प्रथम वनाइदिने श्रेय शायद मैले नै लिनुपर्ने हुन्छ, किनकि म सदा दोश्रो भइदिने गर्थेा।
२। अनि, त्यो अल्लारे, कुखुरे—वैंशे, विद्यार्थी जीवन कालका त्यहांको युरोपेली परिवेश, पढाइ तथा अन्य सहपाठी हरुको बारे केही रोचककुरा/ घटनाहरु छोंटकरीमा बताइदिनुहुन्छ कि?
उत्तर: शुरुदेखी भन्नुपर्दा, उच्च शिक्षा हाासिल गर्ने क्रममा सरकारी छात्रवृत्ति पाइ म इ.सं.१९७२ मा तदकालीन सोभियत संघ प्रस्थान गरो। तदकालीन कियभ गणराज्यमा भाषाको शुरुवाति १ वर्ष पछि मलाइ अडेस्सा शहर— देद्रेकसिना स्थित सिभील इञ्जिीनियरिंग अध्ययन संस्थान मा पठाइयो । त्यंहापनि म सदा पढाइमा अव्वल दर्जाको थिएा –(रुसी भाषमा भन्नुपर्दा : ‘क्रुग्ली अतलिीच्नीक‘) , जेहन्न्दार छात्रवृत्ति वापत मासिक ५ रुवलले बढी पाउने गर्थेा । तदकालीन, मेरा नेपाली सहपाठी एक को नाम भन्नुपर्दा — इं . सरोज बस्नेत थिय ।
३। त्यो नामुद वन्दरगाह अडेस्सा शहर को नामुद उकाली ओरालीयुक्त तथा मुख्य ‘देरेबाशस्काय‘ सडक, भूमीगत सुरुगं ‘कोताकुम्बा‘ तथा ‘प्टोम्किनको‘ जादुगरी भ—यागें खुडकिला हरुको वारेमा केही रमाइला क्षेंणहरु सम्झनु पर्दा ।
उत्तर: हो, अहिले ती अतितका सुनौला दिनहरु सम्झदा, कता कता काउकुति लाग्छ, अहा , यस्तो पनि हुादो रै’छ, भन्दै साह्रै रमाइलो लाग्छ । मेरा बाजे बराजुले पनि पारख नगरियका नामुद ती पर्यटकीय ठाउाहरु, झन त्यसमाथी पनि मेरो कलिलो जबानी का तरुना आाखाले हेर्दा साधै हरियो देखिने ती अविस्मरणीय क्षाणहरु, म कसरी विर्सूा ?। सागीतकार श्रीअम्बर गुरुागज्यूको शब्दमा : कहाा गए ती दिनहरु ? वा मेरो आफनै अनुभवमा र छोाटकरीमा भन्नुपर्दा ती अनमोल, अतुलनीए तथा अद्धितिय दिनहरु ‘न भूतो, न भविष्यति‘।
४। अडेस्सा शहर को मात्रै के कुरा, त्यो वेलाको दोश्रो महा शक्तिशाली देश सोभियत संघमा वितेका विद्यार्थी काल तथा जवानीका दिनहरुका अविस्मरणीय क्षेंणहरुको वारेमा केही धक नमानी भन्नु पर्दा ।
उत्तर: पढाइ वाहेक अन्य अतिरिक्त कृयाकलाप हरु खुब हुने गथ्र्यो । उदाहरणको लागि १ , २ प्रसंग कोटयाइ हालुा:
विभिन्न ७ देशका अन्य संगीत प्रेमी साथीहरु संग मिली, म समेतको एउटा ‘सिटी ब्याण्ड‘ खोलेका थियाौ। उक्त शहरको प्रायस: हर सांगिीतिक कार्यक्रम हरु मा हामीहरु गितार वजाउन जाने गथ्र्यौा । साहै्रने रमाइलो लाग्छ, अहिले यसो सम्झदा पनि, अहा π कस्ता फरासिला साथी—संगीनी हरु, कस्ता रसिला— भरिला थिय ती दिन— रात हरु , अब कहाा पाइला र त्यसता क्षाण हरु? अनि, प्रत्येक वर्ष को छुट्टिमा भ्रमण गर्ने गर्थेा कि सोभियत संघ भित्रै वा अन्य युरोपीय मुलुक हरु पनि। ‘पशुपति को जात्रा, सिद्राको ब्यापार‘ गरी, केही खुद्रा ब्यापार वाट अतिरिक्त कमाइ पनि गरिन्थ्यो, पछि पछि गएर । त्यसैले होला, जति जति समय वित्दो थियो, झन उति उति रमाइलो लाग्दौ जाादोथियो, फर्किनै मन नलाग्ने गरी , सााच्चिनै भन्नु पर्दा । अहिले सम्झदा एकादेशको दन्त्यकथाको राजकुमकार जस्तो लाग्ने रहेछ आफैलाइ ।
५। कति सालमा नेपाल फर्किनु भयो, अनि तपाइको नोकरी—काम सम्बन्धी छोंटकरी विवरण –(पद, वेतन र कार्यालयहरु) तथा तदकालीन देशको, सरकारको रोचक माहौल बारे केही बताइदिनुहुन्छ कि?
उत्तर: उतावाट नेपाल फर्के पछि , २०३५ सालतिरको यो जागिर सम्बन्धी पहिलो तथा अति रोचक कुराहो कि , त्यो वर्षमा, सडक विभागमा एउटा पनि इञ्जिीनियरिंग दरवन्दि नभयकोले कसैलाइ पनि भर्ना नगर्ने भन्ने आन्तरकि उर्दी नै रहेछ । तदकालीन सडक बिभागको चि.ईं विरेन्द्र प्रताप शाह, सु. ई हरीहरमान अमात्य र निर्माण तथा यातायात मन्त्रालयका सचिव विरेन्द्र नाथ खुाजेली सबै अति खरा मिजासका भनेर कहलियका थिय । तर मेरा सहोदर दाजु पत्रकार श्री उत्तम कुावरको शक्तिशाली भनसुन को प्रतापले म सडक विभागको डिजाइन फााट मा मासिक रु ५२५। पाउने गरी भर्ना भयरै छोडें; म गजक्क परें, वाह क्या जागिर खाइयो , भनेर π रमाइलो कुरा के भने म घर निर्माण सम्बन्धित इञ्जिीनियर थिया, तर पैसाकमाउने होडवाजीमा मलाई सडक विभाग मा त्यसरी जागिर खुवाउने कसरत गरियो। अनि, उतैवाट पासगरी आयकाहरुमध्ये म भन्दा अग्रज साथीहरु सम्झनु पर्दा, ‘सोकल— माडी‘ का हाइ—वे इञ्जिीनीएर हरु क्रमश: इ. केशव वाग्ले तथा इ. ज्ञानुपााणी गौतम गुरु हरु थिय । त्यस फााटंको, तदकालीन दैनिकिको कुरा हाल सम्झनु पर्दा— नाता —गोता, भनसुन तथा चाकडी —चापलुसी ले मात्रै जागिर खान , धान्न र पैसा कमाउन सकिने ,हैन भने सुखा तलब मै डल्लिनु पर्ने र तेसले दैनिकि गुजारा नचल्ने भन्ने कुरा खुलस्त हाका— हाकी वहश गरिन्थ्यो, मानौा यो नै महान इञ्जिीनियरिंग काम, चुनौति वा सुकर्म थियो, नेपालमा । मेरो त्यो नौजवाने , उच्च शिक्षित तथा जोशिलो दिमाघमा यी नेपालका कटुसत्य तथा विसंगति पूर्ण कुराहरु यसरी मेरा जगल्टे कपाल जस्तै गुजुल्टने गर्थे कि मैले गााठो फुकाउनै सकिन।ँखोदा पहाड, निक्ले चुहा‘ वा ‘नखाउा भने दिनभरीको शिकार, खाउं भने कान्छा बाको अनुहार‘ भने झौ यत्रो पढाइ गुनाइ गरे पछि पनि यसरी कमाउनु पर्नेको कुनै औचित्य नै नदेखे पछि, म आफनै पौरखले कमाउने अठोटका साथ, सबैलाइ जिल पार्दै, मैले अन्तत: केही दिन पछि राजीनामा दिएा ।
६। त्यहांको शिक्षा प्रणाली कस्तो लाग्यो र तपाइले हांसिल गर्नुभएको उच्च शिक्षा नेपालमा कत्तिको उपयोगी पाउनुभयो नि?
उत्तर: त्यहाा को शिक्षा एकदम ‘सिर्जनात्मकमूखी‘ थियो, र हाल सम्म मैले सोही ज्ञान र शीप को भरपुर
प्रसंग वदलौं:
७। तपाइको दाम्पत्य तथा परिविारिक जीन्दगीको बारेमा केही प्रसंगबश भन्नु पर्दा :
उत्तर: मेरो एक पत्नी ‘दुर्गा‘ तथा ३ हुर्के बढेका छोराहरु छन (निरञ्जन —२०३८ वि.सं; निराकार—२०४० वि.सं; तथा निवेश—२०४३ वि.सं. ) जसमध्ये २ टा नेपाल फर्किसकेका छन भने कान्छा चाहिा हाल विदेश –(अमेरिका)मा छ र उ पनि नेपालै फर्कि स्वदेशको शेवा गर्ने छ ।
८। दाम्पत्य जीवन, तपाइको विचारमा, के हो? अनि पुन:र्जन्ममा विश्वाश गर्नुहुन्छ कि हुंदैन र किन ?
उत्तर १ केशव: दाम्पत्य —जीवन एक जटिल चिज रहेछ, तर कस्तो बनाउनेचाहिा आफैमा निहित हुनेकुरो रै छ। अनि, म पुन:र्जन्ममा विश्वाश गर्दिन ।
उत्तर २ दुर्गा: दाम्पत्य —जीवन भनेको पुस्ता जारी राख्ने मेसो रहेछ, र जीन्दगी चाहिा एक नाटक जस्तो लाग्छ । अनि, म पुन:र्जन्ममा विश्वाश गर्छु किनकी हाम्रो यो मान्छेको जुनीमा मान्छेले अनेक पापड वेल्छ तर चाहेको खोजेको जस्तो ठयाक्कै केही नहुने रै’छ ; अवश्यपनि, यो पहिलेको जुनीको कर्मको भोग भाग को कारणाले हुनु पर्छ भन्ने मेरो ठम्याइ छ ।
९।तपाइको शोख? अनि सुख र दु:ख के हो?
उत्तर: शुरुका दिन हरुमा अर्थात आइ.एस्सी. सम्म मेरो शोख खेलकुद थियो, पछि सोभियत संघको पढाइ पश्चात ‘जस्ले काम गछर्, उस्ले खान पाउाछ‘ भन्ने ज्ञान हाासिल भयो र फलत: मेरो शोख बढी कर्मयोगी अर्थात बढी ब्यबशायीक हुन थाल्यो । भरमग्धुर गरें र लाग्छ म एक सफल ब्यबशायिक बने पनि। हाल आएर मेरो शोख बढी परोपकारीता भएको छ ।हेर्नोस्न, म रोटरी क्ल्बमा यसरी लागी परेको छु कि , हाल यहाा आइपुगेको पनि सोही रोटरी सम्मेलन को शिलशिलामा त हो , नि । अनि, अर्को शोख विदेश भ्रमण पनि हो। म धेरै देश गइ सकेको छु र अझ धेरै देश जान मन लागि रहेछ ।
उत्तर २ दुर्गा:सुख र दु:ख भनेको सब ‘मनकै‘ जादुगरी खेला रहेछ ।
१०। कसैलाइ आशिष दिनु परे – ‘ठूलो’ मानिस कि ‘असल’ मानिस बन्नूभन्नु हुन्छ?
उत्तर १ केशव तथा उत्तर २ दुर्गा:— ‘असल‘।
११। यस्तो अचम्मै लाग्ने—तपाइको सामाजीक, सामुदायीक तथा परोपकारी सक्रियता, व्यस्तता को साथै व्यवसायीक सफलताको वावजुद स्वस्थ्य, दीर्ध एबम चुस्त जीवन शैलीको रहस्य के हो झैं लाग्छ ?
उत्तर: एक शब्दमा भन्ने हो भने — ‘अनुशाशन‘, वश।
१२। यस्तो जादुगरी सफलता को दौरानमा घटेका केही रोचक—घोचक अविस्मरणीय घटना क्रमहरु प््रासंग वस कोटयाउनु पर्दा:
उत्तर: त्यसवेला इञ्जिीनियर ले नीजी ब्यवशायगरी खाने न त वाताबरणै थियो न त कुनै गुञ्जाइस नै। तर माथी भने झैं , मैले सरकारी जागिरलाइ चुनौति दिए पछि भने, ‘खाय खा, न खाय घिच‘ भने झैं मैले नीजी काम नगरी धरै पाइन। तर के भने, ‘ता आाट, म पुयाउाछु‘ वा ‘कि खायो आाटले, कि खायो ढााटले‘ भने झौ कता कता बाट संयोग यस्तो जुराइ दियो कि मेरा श्रद्धेय अग्रज साथी ई. श्री आशामान तण्डुकार ज्युले चनेको एक ओभरसियर — सर्भेएर स्व. श्री सत्य बहादुर डंगोल जी कहाा काम मिलाइ दिनुभयो। त्यसबेला उनीले थांकोट नौबिशेको सडकविस्तारको सर्भेकाम पाएका रहेछन र मैले सोही काम बाट धेरै सिक्ने मौका पाया, किनकी मेरो पढाइ माथी भने झौ, मुलत : घर तथा आवाश निर्माण सम्बन्धी थियो। पढाइ एकातिर काम अर्कोतिर , डिग्री इञ्जिीनियर मा स्नात्तकोत्तर तर ओभरसियर को मातहतमा काम कुरो गर्नु पर्दा, अकल्पनीय मिहनत मजदुरी गर्नु प—यो। अहिले आयर सम्झदा लाग्छ — मेरो आगत नीजी ब्यबशायीक जीन्दगीको मार्ग चित्र कोरिने थालनी थियो , यो ।
अकार्,े त्यस्तै रोचक घटना ‘शिल्ट‘ कम्पनिको स्थापना पनि हो। कुरा के भने नरकन्सल्ट संग को काममा माटो परिक्षण को काम गर्नुपरको थियो, जस्को लागि नेपालमा १ मात्र विशेषज्ञ श्री ई. कृष्ण बहादुर रानामगर ज्यु संग मिलेर गर्नुको विकल्प थिएन। उहााले पटक पटक नाजायज माग गरेर मलाइ सारै हैरान पारिरहेको परिप्रेक्षमा म कुनैपनि अर्को विकल्प खोज्दोथियं। संयोगबश, ई द्धय: श्री अरुणमान र श्री राम पोख्रेल मिली ‘शिल्ट‘ कम्पनिको स्थापना गर्दै रहेछन, जस्मा म पनि सामेल भइ निज रानामगर बाट तदकाल उन्मुक्ति मात्र हैन कि कालान्तरमा वेजोड प्रतिस्पर्धि नै भएां । ‘जहां जुक्ति, त्यहाा उपाय‘ साकार गरी छाडो ।अन्तत: जुनसुकै देश वा परिवेश किन नहोस, हरेस नखाइ तपस्या गरे पछि, वरदान हातलाग्ने रहेछ भन्नेको ज्वलन्त प्रमाण हो, यो।
१३। तपाई नेपाल—क्यानाडा मैत्री तथा सांस्कृतिक समाज का इ.सं. २००७ देखि गत जुन २०१४ सम्मका अध्यक्ष हुनुहुंदो रहेछ। यस समाजको विगत तथा आगतको वारेमा संक्षिप्त प्रकाश पारिदिनु हुन्छकि ?
उत्तर :गैर सरकारी संस्थाहरुवाट पनि दुइ देश वीच राम्रो काम हुन सकने तथ्यलाइ भध्येनजर गर्दै ‘नेपाल—क्यानाडा मैत्री तथा सांस्कृतिक समाज‘ शुरु गरेको थिया । मेरो कार्यकालमा जग वसाल्ने काम वाहेक अन्य उल्लेखनीय काम हुन सकेन भयन ; बरु अहिले, हाल आयर पत्रकार तथा कुटनीतिज्ञ हिरण्य लाल श्रेष्ठ र गोपाल पाख्रेलको नेत्रृत्वमा केही कामहरु फटा फट हुादै गैरहेको छ।
१४ ।अनि उक्त समाज एवम समग्रमा दुवै देशको उत्तरोत्तर हीतको लागि नेपाल सरकार तथा क्यानाडा सरकार लगायत उभयपक्षि नेपालीहरुले के के सहयोग तथा योगदान भए , गरिदिय हुन्थ्यो जस्तो लाग्छ ? कुन कुन क्षेत्रमा प्राथमिकता वा विशेषगरी बढी ध्यानदिनु पर्ने ठान्नुहुन्छ र किन ?
उत्तर: दुवै देशहरु मा कतिपय समानता हरु छन:— जस्तै, बहु साास्कृतिक, बहु भाषिक, बहुजातिय ,बहु धार्मिक तथा प्रचुर जलस्रोतको सम्भावना ,.. आदि। हे , यिनीहरुलाइ नै पारस्परकि हितको साझा तथा आधारभुत प्रस्थान बिन्दु मानी, ठानी अगाडी बढनु राम्रो होला जस्तो लाग्छ ।
फेरी प्रसंग वदलौं:
१५ ।नेपाल लाइ ‘सतीले सरापेको‘ देश भएकोले यहां केही प्नि हुनेवाला छैन भनिन्छ, तर तपाइले त अचम्म सित यस उक्तिलाइ वाजीमात गरिदिनु भयो नि, कसरी यो सम्भव भएको जस्तो लाग्छ ?
उत्तर १ केशव : म यो ‘सतीले सरापेको देश … छैन‘ भन्ने उक्ति संग थोरै मात्र सहमत छु , बढी चाहिा यस्मा राजनीति घुसाइएको जस्तो लाग्छ ।मेरो अनुभव तथा वुझाइ के भने— मिहनत र परिश्रमले असम्भवलाइ सम्भव बनाइ दिन्छ ,हेर्नूस्न— म जस्ता थुप्रै अरु नेपाली उद्यमी—पौरखी हरुले गौरवान्वित हुने धेरै काम गरेका छौं, जुन, वुझनेकोलागि जग जाहेरै छ । प्राविधिक क्षेत्रको कुरा गर्नु पर्दा, सोसाइटी अफ कन्सल्टीाग आर्किटेक्चरल तथा इञ्जिीनीएरींग समाज (स्कयाफ) ले पनि राम्रो काम गरी रहेको छ ; जहाा मैले पनि २ पटक अध्यक्ष भइ काम गर्ने मौका पायको थियं । वास्तवमा, ‘ज्ञान नै शक्ति, श्रम नै भक्ति‘ तथा ‘खाने मुखलाइ, जुागाले छेक्दैन‘ —मेरो मुल मन्त्र हो।
उत्तर २ दुर्गा: हालसम्म नेपालको ताल हेर्दा, हो मलाइ कता कता ‘सतीले सरापेको देश‘ जस्तो लाग्छ ।यसो भन्दैमा , यसवाट भाग्नु चाहिा हुादैन, किनकि भाग्नु भनेको एकातिर झनअर्को दु:ख वेशाउनु हो भने अर्कोतिर भागेर समस्या समाधान पनि त हुादैन, नी ।
१६। तपाइ जस्तो वहु आयामीक तथा वहु प्रतिभाशाली कर्मवीर , देश देशावर को अनुभवी, उच्च शिक्षित तथा भुक्तभोगी एवम पारखी को नजर वा विचारमा, नेपालमा खासै उन्नती नहुनुको ५ प्रमुख कारक तत्वहरु क्रमश: भन्नु पर्दा
उत्तर १ केशव :
१। दुरदर्शी नेताको अभाव ।
२। दीर्धकालीन (२५ वर्षे) योजना तर्जुमा तथा कार्यान्वयन को कमी।
३। राजनीतिक पार्टीहरु ले मानेको साझा दस्तावेज अनुशारको योजनाहरु नहुनु।
४। राजनीतिक अस्थीरता।
५। जनशक्तिको समुचित तथा सम्मानजनक परिचालान एबम सदुपयोग नहुनु।
उत्तर २ दुर्गा ::
१। भौगोलिक विकटता।
२।सच्चा नेताको कमी।
३। साास्कृतिक — धार्मिक कारण।
४। नारीलाइ अगाडी बढन नदिने, पुरुष प्रधान— देश, परिस्थीति तथा कुराजनीति।
५। शिक्षा— दीक्षाको कमी कमजोरी ।
१७। नेपाल विग्रेको बारेमा, कुरा गर्नु पर्दा हामीमा स्वाभिमानताको कमी र हीनतावोध पनि हो जस्तो लाग्छ । उदाहरणको लागि , हेर्नाेस्न — हाम्रो नेपालीभाषामा सबै शब्दहरु हुदा हुदै नेपाली—नेपाली बीच कुराकानी, कार्यक्रमतथा भाषण वा प्रवचन गर्नुपर्दा चाहिने भन्दा बढी विदेशी शब्द प्रयोग गरेको :
पाइन्छ। यस्तो खिचडी बोलाइ तथा पाराले झन झन खिचडी संस्कृतिको विकाश भइ कालान्तरमा भाषानै लोप नहोला भन्न सकिन्न। हाम्रो भाषा कायम गर्न र यसलाइ अझ मजबुत पार्न के गर्नु पर्ला ?
उत्तर १ केशव :
हो, यहााले ठीक मौकामा ठीक प्रश्न गर्नृुभयो । हो, हामी सबैमा देशभक्ति राष्ट्रप्रेम जाग्नु प—यो, सबैले मेरो देश, मेरो भाषा भनी गौरव गर्नु प—यो, जस्तै केही विदेशी युरोपीय देशहरुमा मैले भोगेको कुरा— हेर्नाेस्न, आफनो भाषा जानेर पनि बिदेशी भाषा प्रायस बोल्दैनन; जस्तो इटाली, फ्रान्स जर्मनी मा ; हामीकहाा जस्तो नेपालीमै धकफुलाइ कामचलाउन सकिएपनि , अनाहकमा जिव्रो वटार्दै अंग्रेजीमा जवाफ दियको (बोलेको) पाइयन, देखियन । यो पराधिन तथा दाश मानसिकताको द्योतक मात्र नभएर पराकाष्ठ हो, जस्लाइ समयमै रोक थाम गर्नु वेश। त्यसै, महात्मा गान्धीले, आग्रेजी जान्दा जान्दै हिन्दीमा वोल्न नदिादा वि. वि. सि. मा स्वतन्त्रताको घोषणा गर्न इन्कार गरेका थिय, र ?
उत्तर २ दुर्गा :नेपाली भाषाको अनिवार्य प्रयोग गर्न प्रोत्शाहन गर्नु प—यो। मलाइ सम्झादा पहिले पहिले हाासो लाग्थ्यो तर हाल आएर गौरव लाग्छ कि मेरा एक नातेदार श्री प्रताप खत्री ज्यु ( वुबा श्री स्व. पदम बहादुर खत्री ज्यु ) अंग्रेजी भाषाको राम्रै ज्ञााता भैकन पनि अहिले पनि दैनीकि सबै शब्दहरु नेपालीमै बोल्ने गर्दै हुनुहुन्छ । यो एक सह्रानीय तथा उदाहरणीय कदम हो , तर खै नेपाल सरकारले यस प्रति ध्यान दियको , र ?
१८। अनि फेरी अर्को कुरा गर्नु पर्दा जनशक्ति वा प्रतिभा पलायन पनि त हो नी , भनिन्छ, भारतमा ३० —३५ लाख वाहेक, अन्यदेशमा पनि ३० —३५ लाख, विशेष गरी युवा जनशक्ति विदेशीयकाछन । यिनीहरुलाइ फर्काउन तथा अरु जाने क्रम रोक्न के गर्नु पर्ला ? अनि, आफनै कुरा गर्नु पर्दा, तपाइलाइ विदेशको सटटा नेपालमै कामगर्न के ले र कसरी प्रेरित ग—यो, नि ?
उत्तर: यो सबै हुनुको मुख्यकारक तत्व भनेको देशको अविकशित अवस्थाहो ; जुन सक्षम नेत्रृत्वको कमी तथा , ती नेताहरु देशको भन्दा आफनै स्वार्थमा केन्द्रित हुनु हो । अझ, विडम्वना त के भने पलायन हुन वाध्य पारीएका ती जनशक्तिहरुवाट भित्रिने, कैयौा दीर्घकालीन नकारात्मक असरलाइ आाखा चिम्ली, केवल प्राप्तहुने गरेको विप्रेषण रकममा गर्व गर्छन्— यी अदुरदर्शी नेताहरु, आफनो भूाडी भर्न पायर वा सत्ता र भत्तामा लिप्त भएर ?π स्वदेशमै काम र माम, न्याय र सन्मान पाय, किन कोही विदेशिन्थे, र ? आफनो घर आगन उज्यालो भए, किन अरुको दैलो चाहार्न जान्थे र ? हाम्रा आफनै छिमेकी दुइ ठूला देशहरु (भारत र चीन ) को कुरा गर्नुपर्दा, हाल आयर विस्तारै पलायन भएका प्रतिभाहरु वापस फर्किन थालिसकेका छन, किनकी स्वदेशमै काम र माम को यथोचित वातावरण वन्दै गएकोले, देशले दीर्घकालीन तथा जनमूखी सोाच तथा काम गर्न थालेकोले । अनि खुसीको कुरा के भने— नेपालमा पनि त्यो छिमेकी हावा चल्नथालेको छ चाहेर नचाहेर ; फलस्वरुप कति प्रतिभाहरु त स्वदेशिन थालिसकेका छन्; नञा नञा काम कुरा नेपालमै थालनी गर्दाछन , जस्तै — अर्गानिक खेती— किशानी, माछा पालन, च्याउ खेति , ब्यााक, होटेल तथा अन्य ब्यबशाय आदिमा उल्लेख्य लगानी गर्न थालेर । आशा गरौं , यो स्वदेशफर्के अभियानको रफतार बढाउन सरकारको यथोचित ध्यान ढीलै भए पनि पुग्ने छ । :प
उत्तर २ दुर्गा :: उद्योग धन्दा खुलाउनु प—यो।
१९ । हाल आयर , यता नेपालमा ‘सार्क‘ देशहरुलाइ वाहेक गरियको, एन. आर. एन. ले १० वर्ष पश्चात बल्ल बल्ल दर्ता नम्बर पायकोछ ; तथापि नेपालमा , प्रवेशआज्ञा (भिसा) आदिको झञ्झट यथावत बांकिनै छ । उता, छिमेकी भारतीय प्र.म. नरेन्द्र मोदीले भने एन. आर. आइ. अर्थात आप्रवाशी भारतेली लाइ आकर्षित गर्न, मुखले हैन, कामैले आजीवन प्रवेशआज्ञाको सुव्यवस्था गरिदिएको छ । आप्रवाशी नेपालीहरु लाइ स्वदेश फर्काउन चाहिं, नेपाल सरकारले मुखले वाहेक, कामले विशेष केही नगरियको हालको वेहाले अवस्थामा, यसको भविष्य कस्तो देख्नु हुन्छ ?
उत्तर: एन. आर. एन. को भविष्य, दु:खसाथ भन्नु पर्छ कि, मैले, उति राम्रो देखिरहेको छैन। यस्को मतलब तिनीहरु को नेपाल प्रति मायाा, प्रेम, सद्भाव आदि नभएको चाहीा हैन , नि । कुरा के भने, भावनामा वगेर मात्र ठोस केही हुने वाला छैन अर्थात् भान्सा गर्नुभो ? भनेर सोध्दैमा पेट भरिंदैन भन्न खोजेको मात्र हो । नेपाल सरकारले तिनीहरुलाई नेपालमै काममा उतार्न उचित वातावरणको साथै फराकिलो तथा सुगम वाटो खुलाइ दिनु पर्छ, स्वदेश फिर्तीलाइ प्रोत्साहन तथा प्राथमिकता प्रदान गर्नु पर्छ , अनि हेरौा त कस्ले रोक्न सक्छ नेपालको का सुनौलो भविष्यलाइ ।
२० । नेपालमा प्राविधिक पेशेवार सम्बन्धित संघ, संस्थाहरु प्रशस्त छन् , तथापि प्राविधिक जगत चाहे जस्तो स्वच्छ, स्व्स्थ्य, चुस्त तथा नि :र्बिबादित बन्न सकिरहेका छैनन, किन होला ?
उत्तर: हो , यसो हुनुको केही प्रमुख काराणहरु यस्ता छन: १। राज्यले नीति निएम बनाउन तथा अनुगमन गर्न नसकनु। २। राज्यले नीजी क्षेत्रलाइ परिचालन गर्न नसकनु। ३। आर्थिक रुपमा भन्नु पर्दा : गतिशिलता, अबशर तथा काम बमोजिमको तलब मान–ज्याला एकदम न्यून हुनु; जस्ले गर्दा कामदार को इमान्दारीतामा ह्रास आउनु। यो सबै बाध्यता हो, रहरले कदापी हैन। संसारमा सबै ठाउामा यस्तो बिकृति नभएको होइन , तर हामी कहाा, दु:ख साथ भन्नु पर्छकि , यो विकृति वा विसागति एक दम विकराल र वरकरार छ ।
२१ । अरु त अरु, हाल आयर, काठमाण्डु जस्तो राजधानी शहर मा नक्शा बुझने दक्ष जनशक्तिको कुरै नगरौं, साधारण अर्थात नक्शा नबुझने पेशेवर मिस्त्रीहरु को समेत सख्त अभाब भएको देख्दा, प्राविधिक जगतको अलावा अरु क कस्को कमजोरी हो जस्तो लाग्छ ?
उत्तर: हो, यो विडम्वनापूर्ण कटुसत्य हो। माथीनै भनो झै यो सब— अवशर, काम , माम तथा सन्मानको कमी ले गर्दा भएको हो। हामीकहाा भन्दा ती अवशरहरु अन्तै बढी भएकोले नेपालीहरु विदेशिएका हुन्। विकाश सम्बन्धि योजना, आयोजना परियोजना हरु हुनुपर्दछ , प्राविधिक दक्ष जनशक्तिलाइ रोजगारी दी परिचालन गर्न । तर नेपालमा सरकारी आधारभूत नीति को कमी कमजोरीले गर्दा त्यस्ता योजनाहरु पर्याप्त छैनन, भएनन्, अनि कहाा वाट पेशेवर जनशक्ति नेपालमा पाइनु र ? देवी देवताको मन्दिरमा धाउादैमा, भाकल गर्दैमा वा पशुपतिनाथले रक्षागरुन भनेर आशिषवाला भाषाण दिादैमा देश उन्नति नहुने रै छ भन्नेको सशक्त तथा अकाटय प्रमाण हो यो।
२२। जलसा्रेतको धनी – (कुल क्षमता ८३,००० मेगावाट ?) मानियको देश नेपालमा ‘लोड शेडिङ्ग भएको बषौं भइसकेकोछ, खानेपानी को त्यस्तै हाहाकार , ंिसाचाइको दुरावस्था भइरहेको छ। निकट भविष्यमा पनि समाधान को सम्भाबना देखिंदैन, किन, कहिले र कसरी यस्को समाधान हुनेहोला ?
उत्तर:..हो, तपाइले औाल्याउनु भएका कुराहरु ठीक हुन। यस्को जस—अपजस मुख्य त राजनीतिक पार्टीहरुकै अदुरदर्शीता तथा नामर्दीपन लाइ दिनु पर्ने हुन्छ, किनकि ‘घुमी फिरी रुम्जाटार भने झौ, तिनीहरुनै विकाशको मुल वाधक भइ रहेका छन; भलै ढीलै भएपनि हाल आयर केही सुधार हुन लागेको हो कि जस्तो आभाश आउन थालेको छ । वास्तवमा, जल विद्युत विकाश आयोजनाहरु लगानीको दृष्टिकोंणले एकदम महंगो र प्राविधिक दृष्टिकोंणले विशेषज्ञमुलक एबम खर्चालु काम कुरा हुनाले नेपालमा माथी वुादा नम्वर १६ मा उल्लेखित ५ कारणहरु निराकरण हुनुको साथै लगानीमैत्री वातावरण भए पछि , स्वत: बिस्तारै यी सबै ठीक हुादै जानेछन ।
२३। अहिले नेपालमा, खुसकिो कुरो—धेरै इञ्जिीनीयरिङ्ग तथा चिकित्साशास्त्र सम्बन्धि अध्ययन संस्थानहरु ख्ुालेका छन्, तिनीहरुको पढाइ प्रणाली, गुंणस्तर तथा त्यहां वाट उत्तिर्ण गरी कार्यरत लगायत अन्य समग्र प्राविधिक जगतलाइ तथा खासगरी परामशदात्रृ संस्थाका संस्थापक तथा कर्मी इञ्जिीनीयर हरुको बारेमा वा तिनीहरुलाइ केही भन्नु छ कि?
उत्तर: हो यो खुसकिो कुरा अवश्य हो , तर भने— चाहे जस्ता गुंणस्तरीय प्राविधिक हरु उल्पादन भै राखेका छैनन्.; किनकि राज्यले यस सम्बन्धी आबश्यक कुनै नियन्त्रण तथा नियमन गर्ने संयन्त्र वा निकाय नै बनाइदियको छैन दैनिक उचित अनुगमनको त कुरै छाडौा , मानौा सरकार राजस्व मात्र अशुल्ने एक नाफाखोर ब्यापारी सास्था जस्तो भइ रहेछ । यस्को, दायित्व दुवै राज्य र निजी क्षेत्र ले इमान्दारी साथ बेहोर्नु पर्छ ; अनि पो काम कुरो बन्छ, देश अगाडी बढछ। बिना लगाम को भोको घोाडो दौडेर कहाा र कैले पो पुग्छ र ?
फेरी प्रसंग वदलौं:
२४। निरंकुश राजतन्त्रात्मक देशमा जन्मेको , साम्यवादी देशमा शिक्षित, कर्मको शिलशिलामा पञ्चायति प्रणाली देखि वहुदल हुंदै हालको गणतन्त्रे संक्रमणकालीन अवस्था पार गर्दै गर्दा र हाल महाशक्तिशाली देश संयुक्त राज्यअमेरिका तथा अर्को राजतन्त्रात्मक देश क्यानाडाको भ्रमणमा हुनुहुन्छ । यस्तो त्रिवेणी दुख— सुख का अनुभव तथा नेपालको भविष्य वारेमा केही बताइदिनुहुन्छ कि ?
उत्तर: म राजनीति गर्ने मानिस हैन , त्यसैले मनमा लागेका कुरा हरु सोझै भनि हालुा। तदकालीन सोभियत संधमा मैलै उच्च शिक्षा हाासिल गरो, तापनि त्यहााको साम्यवादी प्रणाली ले मलाइ त्यति आकर्षण गर्न सकेन , मुलत: प्रजातन्त्रको कमी ले गर्दा । यसको मतलब सबै कुरा नराम्रो भनेको चाहिा हैन नी । ‘जुन सुकै वादलमा पनि चाादीको घेरा‘ हुने भएकोले अन्य धेरै कुराहरु राम्रा थिय, जस्तै: सबै मान्छे बराबर तथा समान हुन सामान हैनन; जात, भात, वर्ण, लिाग, धर्म आदि को निरपेक्षता ; ज्ञान नै शक्ति, श्रम नै भक्ति; जस्ले काम गर्छ उस्ले खान पाउाछ ; सासारमा शान्ति छाओस (रुसी भाषा मा— मिरु मिर), मानिस ठूलो वा सानो हुने भनेको कर्मको फल नभएर अवशरको काराणले हो रहेछ आदि, इत्यादि । अब नेपालको कुरा गर्नु पर्दा : राजनीतिक हेर फेर भए पनि सक्षम नेत्रृत्वको कमिले गर्दा :
ब्यबहारमा केही फरक भइ रहेको छैन । नेपालमा मौजुदा स्रोत, साधन र शीप तथा दक्ष जनशक्ति को राष्ट्रमुखीकरण वा परिचालन गर्न नसकेकोले बिकाश भै रहेको छैन। विडम्वना: विदेशको राम्राकुराहरुको साटो त्यहााको विकृति भित्रयााइादो छ — विशेषगरि नेताहरुले । हालको शिर्षनेत्रृत्व वर्ग प्रति जनता निराश छन, म पनि निराश छु । अमेरिकाको कुरा गर्नु पर्दा सासारको सर्वशक्तिमान देश भएकोले यस्को रहस्य, गुरु मन्त्र पत्तालगाइ हामीले पनि आफनै किसिमले देश माटो सुहाउादो लागु गर्नु पर्छ । क्यानाडाको कुरा गर्नु पर्दा यो नारीले हााकेको तर दक्षिण्ी छिमेकी देश को इशारामा चलेको , भू भागले –नेपाल भन्दा ७७ गुनाठूलो तर जनसाख्याले नेपाल जत्रै सानो, उत्तरी ध्रुव सम्म फैलियको आन्ध्र तथा प्रशान्त महाशागर सम्म पुर्व पश्चिम फैलियको गजबको राजतन्त्रात्मक देश रहेछ , जहाा नेपालीहरु ३, ४ हजार परिवार होलान् भने ४, ५ हजार भुटानी शरणार्थी पनि रहेछन।
२५। मानव धर्मको कुरा गर्नुपर्दा, हामी पुर्वेली— एशियालीहरु एकातिर ‘फलको आशा नगरी, कर्म गर’ भन्छौं, त अर्कोतिर यता पश्चिमेली मुलुकहरुमा चाहिं, ठीक यस्को विपरित गर्छन। यस्तो द्वन्दात्मक मनस्थिती बाट पार पाउन के गर्नु पर्ला?
उत्तर: हो ‘फलको आशा नगरी कर्म गर’ भनाइ ठीक लाग्छ, किनकि कर्म गरे पछि फल त फल्छ नै । यस भनाइले काम गर्न प्रेरित गराउाछ । अनि, जहाा सम्म पश्चिमेली मुलुकहरुको कुरा छ, हाम्रो भनाइको उल्टो हैनकि बरु बढी परिमार्जित तथा बढी ब्यबहारिक पूर्व र्गह कार्य गर्ने तमतयारी हुने गर्ने तरिका हो, जस्ले पछि हुन सक्ने समस्या वा झण्झट बाट जोगाउादछ, र फलत काम बढी छिटो तथा फलदायी हुन पुग्छ । नेपालमा पनि यो सास्कृतिको बिस्तारै तथा क्रमश : विकाश भइ रहेछ ,जुन राम्रो कुराहो ।
उत्तर २ दुर्गा ::— ठाउा अनुशारको काम गर्ने, नि ।
२६। भाग्य र परिश्रममा तपाइ बढी के मा विश्वास गर्नु हुन्छ ?अनि, तपाइको
(सफलाताको) हकमा कुन चाहि बढी लागु हुन्छ नि ?
उत्तर १ केशव र उत्तर २ दुर्गा : हामी परिश्रममा बढी विश्वास गर्छौा। आग्रेजीमा एउटा भनाइ पनि छ नि ‘उसैलाइ भाग्यले साथ दिन्छ, जस्ले भाग्यभरोशा गर्दैन‘।
२७। अमेरिका लगाएत अन्य कतिपय मुलुकमा धेरै नेपाली परिवार संग भेट घाट तथा उठ बस भयो होला, उनीहरुको चाल —चलन, सोमत कस्तो लाग्छ नी ? अनि, तपाइका छोरा वा अन्य नातेदार लगायत आप्रवाशी नेपाली हरुको घरमा प्रायस: अंग्रेजीमा नै कुराकानी गरिन्छ होला, यसलाइ कसरी लिनुभएको छ नी
उत्तर: हो, मैले नेपालीहरु भएको धेरै मुलुकहरुमा भ्रमण गर्ने मौका पाया । उनीहरुको ब्यबहार देश अनुसार नै भए गरेको पाया ।मुलत: शीप, योग्यता वा दक्षता अनुशारको काम को खोजीमा विदेशीयका हुन तर दु:खको कुरा के भने विदेशीयका प्रायस अधिकााशले जे पायो तेही काम अर्थात खाइ जीविका गर्न वाध्य भयका पाया । काम चलाउ पैसा कमाए पनि, अन्त:स्करणमा दु:खीनै रहेको जस्तो लाग्यो । अनि भाषाको हकमा, देश अनुशार को भेष त गर्नै प—यो नि, नत्र त ब्यबहारै चल्दैन, वाध्यता को
पनि वाध्यता हो यो ; जस्ले गर्दा हाम्रो नेपाली भाषाको कन्तविजोग भइ रहेको छ। मलाइ गौरव लाग्छ कि मेरा विदेशयिका २ छोराहरु नेपालै फर्कीसकेका छन र तेश्रो पनि फर्कने तरखरमा छ।
२८। संयुक्त राज्य अमेरिका, एकातिर मानब अधिकार तथा शान्ति को कुरागर्न थाक्दैन भने अर्कोतिर सदा जसो लडाइमा प्रत्येक्ष वा परोक्ष रुपमा मुछिइन पनि पछि पर्दैन, जस्तो: भियतनाम युद्ध देखी अफगानिस्थान,इराक, मध्ये पूर्व, खाडी क्षेत्र, युक्राइना आदि…….आदि। हिन्दुको लागि यिनीहरु पानी नचल्ने अछुत ‘म्लेच्छ‘ हुन्, तर हिन्दुलगायत अरुहरु पनि यहां आउने होड वाजी कायमै रहेको देखिन्छ। यसको रहस्य के हो जस्तो लाग्छ?
उत्तर: हो संयुक्त राज्य अमेरिका सासारकै विचित्रतम देश हो यसमानेमा कि जहां धेरै विरोधाभाषपूर्ण, विषम परिस्थिति तथा अन्य धेरै अपच्य, विकृति, विसागति तथा वहुमापदण्डीय कुराहरु वग्रेल्ति छन। तर ‘दूध दिने गाइको लात सहनू‘ भने झौ आप्रवाशीलाइ तान्ने मुख्य कुरा हरु मध्ये : रोजगारी एबम बढोत्तरी को सर्वशुलभ तथा प्रचुर अवशर, ज्याला, वेतनमान तथा प्रोत्साहन को उचित ब्यबस्था , राजनीतिक स्थिरता तथा आधारभूत आवश्यकता को परिपूर्तिमा सहजता, काम गरी खाने स्वतन्त्रता आदि को साथै कानुनी राज्यको निश्चितता आदी प्रमुख हुन जस्तो लाग्दछ ।
२९ । आजको विश्वको लडाइ झै झगडा देखी रहनु भएका तपाइलाइ अनेकानेक गठवन्धनहरु , जस्तै: सार्क, युरोपियन युनियन, ब्रिक्स (व्राजिल, रशिया, इण्डीया, चिन, दक्ष्ािंण अफ्रिका) देखी संयुक्त राष्ट्रसंघको भूमिका कत्तिको सकारात्मक तथा असरदार लागी रहेछ ? अनि यस भित्रको ‘जी ७‘ वा ‘जी २०‘ वाला गुट उप गुट वारे भारतीय प्र.म.श्री नरेन्द्र मोदीजीको टिप्पणी मा तपाइको केही टिप्पणी छ कि ?
उत्तर: सार्क र युरोपियन युनियन चाहिा एक आपसी सहगोगका लागि स्थापना भएका हुन भने, अरु गठबन्धन चाहिा दादागिरी –(कारटेलिाग) को उपज जस्तो लाग्छ ; जुन राम्रो कुरा होइन ।
३० । तपाइले जुन शहर मा वर्षौं रहेर— वसेर उच्च शिक्षा हांसिल गर्नु भयो, हाल त्यहां राजनीतिक तनवा भइ रहेको छ, अझ तोकेरै भन्नुपर्दा केही समए अधि, युक्राइनी किएभ सरकार वाट सयौ जनाको ज्यान गएको थियो, यसलाइ कसरी हेर्नु भएको छ ?
उत्तर: मेरो विचारमा यो रसियाको दादा गिरी हो ।
३१। भनिन्छ : ‘धन हुनेको मन हुंदैन, अनि मन हुनेको धन हुंदैन‘, के यो सत्य लाग्छ तपाइलाइ?
उत्तर: ‘धन हुनेको मन हुंदैन‘ भन्ने कुरा ठीकै हो जस्तो लाग्छ , मुख्य त लोभ र मोह लेगर्दा , तर ‘मन हुनेको धन हुंदैन‘ भनेको ठीक होइन ।
३२ । यत्तिका देश देशावर को भ्रमण गर्नु भयो, तपाइलाइ सबभन्दा मन परेको देश, शहर, गाउं तथा ठाउं कुन कुन हुन र किन नि ?
उत्तर: सबभन्दा मन परेको देश —नेपाल; शहर गाउं तथा ठाउं —धुलिखेल तथा पोखरा हुन । किनकि भौगोलिक तथा साास्कृतिक विविधता, प्राकृतिक छटा तथा सम्पदा, जलस्रोत तथा जडीवुटी को प्राचुर्यता तथा अन्य मौलिकता ले भरीपूर्ण तथा परीपूर्ण यो देश, विकाशोन्मूख भैकन एक अद्धितिय देशहो, भू —स्वर्गहो । यसको मतलब नेपाल बाहेकका अन्य देश तथा ठाउाहरुमा पनि आ आफनो विशेषता नभएको भन्ने चाहिा कदापि हैन, नी । नेपाल पछि अन्य विकाशोन्मुख देशहरु जस्तै : सिागापुर, द. कोरिया, आदि मन पर्छन।
उत्तर २ दुर्गा :देशमा अमेरिका , शहरमा म्यानहाटन तथा ठाउामा आफै जन्मेको डिल्ली वजार।
३३ । आजसम्मको जीन्दगीमा सबभन्दा सुख र दु:खका क्षेंण सम्झनु पर्दा, कहिले र कुन वखत वा के हुंदा भएको थियो ?
उत्तर: त्यस्ता क्षेंण हरु कति आय, गय । तर, मुख्य दु:खका क्षेंण भनेको— घटना, दुर्घटना वा विरामी परी कालको मुखवाट भर्खर फुत्कीएर बौरादाका वखत अनायास आउने काल्पनिक कुरा जस्तै :कथमकदाचित मेरो असामयीक निधन भइदिए मेरी श्रीमति दुर्गाको भविश्य का दु:खद वा अन्धकारमय क्षंणहरु थिय ; र सुखका क्षेंण भनेको— मेरा तेस्ता कहालीलाग्दो कालो क्षेंणहरुमा पनि दुर्गा कत्तिपनि विचलित नभइ, भविष्यको किञ्चीत पर्वाहै नगरी, एक नाशले मेरो शेवा सुश्रुषामा आत्मसमर्पित भइ रहादा। उस्को, त्यस्तो नि:शर्त, नि: स्वार्थ तपस्याले म न त मस्तक तथा द्रविभूत भएको छु, र नै मेरो दाम्पत्य जीवनमा हेर्नोस— म प्रशन्न छु ππ
उत्तर २ दुर्गा : सबभन्दा सुखको क्षेंण : जेठो छोरा जन्मदा, र दु:खका क्षेंण सम्झनु पर्दा विहा गरेको शुरुको अत्यासलाग्दो १० वर्ष सम्म ।
३४ । विगतको वारेमा धेरै नै कुरा ग—यौं, आगतको बारेमा अब के के गर्ने विचारमा हुनुहुन्छ नि ?
उत्तर: मेरो शेष पछि पनि मैले मलजल गरी हुर्काय बढायका साघ सास्थाहरु, व्यापारिक प्रतिष्ठानहरु अझ बढी ब्यबसथीत एबम चुस्त दुरुस्त रही रहोस्, तथा रोटरी ल्कब मार्फत नै समाजको शेवामा अग्रसर हुादै जानेमौका मिल्दै जाओस, वश । यसै शिलशिलामा रोटरी ल्कब र मेरो सालग्नता वारे केहीभन्न मन लाग्यो । यसमा म विगत १७ वर्षदेखी अनवरत सालग्न हुादै आएको र आगामी जुलाइ महिना देखी नेपाल र भुटान मिली बनेको जिल्ला नम्बर ३२९२ को गभर्नर पद बहाली को सायूक्त काराणले म यस प्रति झन सक्रिय हुन पुग्दो छु । खुसीको कुरा के भने यो एकदम उच्च छवि भएको सामाजिक तथा परोपकारी सास्था भएकोले , आगतमा यसै सास्था मार्फतनै आम दीन दुखीको शेवा गर्दै समाजको परोपकारी जारी राख्दै जाने ,मेरो विचार छ।
उत्तर २ दुर्गा : आगतका कुराहरुमा : पारिवारिक जीन्दगीमा ध्यान दिने, श्रीमान संगै मिलेर समाज शेवा तथा परोपकारिता, जस्तै रोटरी मा लाग्ने वाहेक म सास्थापक सदस्या रहेको नेपाल इञ्जिनीएर्स श्रीमति साघ को पनि हेर विचार वा रेख देख गर्दै जाने।
उत्तर: गरिवी नै सबै नराम्रा विशागति तथा झै झगडाको मुल कारण भएकोले , गरिवीलाइ जति सके छिटो हटाउनु पर्दछ। यस्को लागि आर्थिक उन्नति गर्दै विकाशमा अग्रसर हुंदै मुलुकको ढुकुटी बलियो पार्नु पर्छ । अनि कनिके विकाशको अवधारणा त्यागी , ठोस ठोस पहिचान क्षेत्रमा लगानी गरी अगाडी बढे , चौतर्फी विकाशको क्रमलाइ कसैले रोक्न सक्ने छैन र अन्ततोगत्वा : गरिवी उन्मुलन भइ सबै विकृति तथा विशागति हटनेछ, अनि नेपाल विश्वकै नम्वर १ अनुपम तथा उदाशरणीय देश, भू— स्वर्ग कहलिनेछ । आशा गरौा कि कुनै दिन नेपाली हरु मरेपछि हैन, जीउादैमा स्वर्ग पुग्नेछन ।
उत्तर २ दुर्गा :: नेपाल को सर्वाङ्गिण विकाशको कुरा गर्नु पर्दा नारीको भूमिका लाइ नजर अन्दाज गर्न हुादैन। नारी जातिलाइ अनिवार्य शिक्षाको ब्यवस्था गर्दै तिनीहरुलाइ सशक्तिकरण गर्दै लानु पर्छ । अनि, अनि कानूनी राज हुनु प—यो , नर नारी विच भेद भाव हुन गर्न भएन ।
अनि समग्र मित्र कुञ्जको तथा यस भ्यानकुवर शाखाको वारेमा केही भन्नु पर्दा …..कृपया थप्नू
अन्तमा, आरामदायी भन्दा अविस्मरणीय तथा उदाहरणीय यात्राको अनिा आगतमा यहााको सदिच्छा पुरा हुादै जाओस, भन्ने कामना गर्दै, अग्रिम वधाइ दिादै यहााहरुको अमुल्य समयको लागि, धेरै २ धन्यवाद। अस्तु।
प्रतिक्रिया