शुक्रबार, मंसिर १२ २०७७
काठमाडौं ०९:०६
वासिङटन डिसी 22:21

जेठ १५ गते संविधान जारी हुन्छ: एमाले नेता भुसाल

इनेप्लिज २०७१ फागुन २३ गते ९:०७ मा प्रकाशित

Ghanashyam-Bhusalबाबियाचौर (म्याग्दी), २३ फागुन । नेकपा (एमाले)का उपमहासचिव घनश्याम भुसालले आगामी जेठ १५ गते नयाँ संविधान जारी हुने ठोकुवा गर्नुभएको छ ।

प्रेस चौतारी नेपाल म्याग्दी शाखाले आज बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा भुसालले विपक्षी दलहरुसँग सुरु भएको वार्ता सकारात्मक बन्दै गएकाले अधिकतम सहमतिमा संविधान जारी हुने बताउनुभयो ।

जेठ १५ गते गणतन्त्र स्थापना दिवसको अवसर पारेर संविधान जारी गर्ने विषयमा छलफल चलिरहेको भन्दै नेता भुसालले संविधान निर्माणका लागि अब नेपाली काँग्रेसले सकारात्मक र रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने जरुरी छ भन्नुभयो ।

प्रतिक्रिया