पत्रकार अक्रमणमा संलग्न पक्राउ
सुरुङ्गा (झापा), २३ फागुन । झापाबाट प्रकाशन हुने ‘अर्जुनधारा दैनिक’का पत्रकार रेजिना रोदन र नेपाल पत्रकार महासङ्घ झापाका कार्यालय सचिव खेम बरालमाथि आक्रमण गरी फरार रहेकामध्ये बिर्तामोड नगरपालिका–६ निवासी १९ वर्षीय विनायक मानन्धरलाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई शुक्रबार झापाको नयाँ बसपार्कबाट पक्राउ गरी आज इलाका प्रहरी कार्यालय बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको हो । पत्रकारमाथि गत कात्तिक २ गते राति अर्जुनधारा दैनिकको कार्यालयबाट आआफ्ना कोठा जाने क्रममा सामूहिक आक्रमण भएको थियो ।
आक्रमणमा संलग्नमध्ये शनिश्चरे–९ निवासी मनीष सुब्बा तथा बिर्तामोड–६ निवासी दुर्गा धिमाल र अमन सुब्बालाई स्थानीयवासीको सहयोगमा प्रहरीले सोही दिन राति नै पक्राउ गरेको थियो । पक्राउ परेका तीनै जनामाथि अहिले झापा जिल्ला अदालतमा मुद्दा चलिरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका नायब प्रहरी उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिनुभयो ।
यसैबीच प्रहरीले झापाको बिर्तामोडमा लामो समयदेखि चोरीमा संलग्न रहँदै आएका दुई युवालाई ठूलो परिमाणमा चोरीका सामानसहित पक्राउ गरी आजै सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडले गोप्य सुराकीका आधारमा बिर्तामोड–५ तबिलवाडी निवासी १९ वर्षीय रञ्जित राजवंशी र २० वर्षीय सुनिल राजवंशीलाई चोरीका सामग्रीसहित पक्राउ गरेको हो ।
‘ललिता निवास प्रकरणमा राष्ट्रपति विद्या भण्डारीमाथि पनि अभियोग’
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
जसलाई लाज लाग्नुपर्थ्यो, ऊ त वेसरम वन्यो
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
अमेरिकाको म्याडिसनमा एनआरएनए अमेरिकाको चुनावी अन्तरकृया सम्पन्न
गिरिजा प्रसाद कोईराला फाउन्डेशन द्वारा तेस्रो चरणको कोरोना विरूद्द खोप कार्यक्रम सम्पन्न
नेब्रास्काको बिशाल बजारमा गोलीबारीमा दुई घाइते ,एकको अवस्था गम्भीर
अमेरिकाको इन्डियापोलिसमा भएको गोलीकाण्डमा ८ जना मध्ये ४ जना भारतीय मूलका शिखको मृत्यु
अमेरिकामा एकैदिनमा ७८,९३२ जना संक्रमित,१ करोड ५८ लाख कोरोना संक्रमित मुक्त
प्रतिक्रिया