मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
इनेप्लिज
२०७१ फागुन २२ गते १:४९ मा प्रकाशित
रत्ननगर (चितवन), २२ फगुन । पूर्वी चितवनको रत्ननगरस्थित सौराहामा मोटरसाइकल दुर्घटनामा परी गएराति दुईजनाको मृत्यु भएको छ ।
हिजो साँझ करिब साँढे सात बजेतिर भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका दुईजनाको उपचारका क्रममा भरतपुर अस्पतालमा राति मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् ।
रत्ननगर नगरपालिका–१७ स्थित बद्रेनीबाट हात्तीसारतर्फ जाने क्रममा ग ९ प १२९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको हो । उनीहरू तीनैजना एउटै मोटरसाइकलमा थिए ।
सो दुर्घटनामा परी गम्भीर घाइते भएका विवेक दराई र १५ वर्षीय अर्जुन महतोको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
मोटरसाइकल चालक सोही स्थानका १७ वर्षीय विक्रम दराई भने गम्भीर घाइते भएका छन् । उनको अहिले भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बाइडेनलद्वारा व्हाइटहाउसमा फिनल्याण्ड र स्वीडेनले नेटोमा दिएको आवेदनलाई समर्थन
शिकागोमा प्रकाश सपूतको संगीतिक साँझ भब्यताका साथ सम्पन्न
मर्सिडिजले हालसालै विश्वको सबैभन्दा महँगो कार १४२ मिलियन डलरमा बेच्यो
न्यूयोर्कको बफेलो शहरमा सामूहिक गोलीबारीपछि घरेलु आतंकवाद रोक्न सदनद्वारा विधेयक पारित
शिकागोमा विद्यार्थीले ल्याएको झोलामा भरुवा बन्दुक आकस्मिक चल्दा एक बिधार्थीको पेटमा गोली लागे पछि आमा बिरुद्ध अभियोग
प्रतिक्रिया