सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड सञ्चालन
भक्तपुर, २२ फागुन । जिल्ला शिक्षा कार्यालय भक्तपुरले सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड सञ्चालनमा ल्याएको छ ।
सामुदायिक विद्यालयमा प्रविधिको पहुँच पुर्याउने उदेश्यले जिल्लाका आठ विद्यालयलाई नमुनाको रुपमा स्मार्ट बोर्ड प्रविधि सञ्चालनमा ल्याएको जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले जानकारी दिनुभयो ।
प्रतिविद्यालय रु एक लाख ४० हजारका दरले अनुदान प्रदान गरिएको र स्मार्ट बोर्ड सञ्चालन गर्नका लागि तालिमसमेत दिइएको उहाँले जानकारी दिनुभयो ।
त्यसैगरी कार्यालयले जिल्लाका २१ सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना गर्ने भएको छ । यसका लागि २१ विद्यालयलाई कार्यालयले प्रतिविद्यालय रु एक लाखका दरले अनुदान प्रदान गरेको छ ।
सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशालाको पहुँच पु¥याउने उद्देश्यले कार्यालयले जिल्लाका १७ विद्यालयलाई प्रतिविद्यालय रु छ लाख ५० हजारका दरले अनुदानसमेत दिएको छ ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १ सय संक्रमित ,३२७ जनाको मृत्यु
अमेरिकाको हाइल्याण्ड पार्क शहरमा गोली हान्ने संदिग्धलाई प्रथम श्रेणीको हत्याको ७ गणनाको आरोप
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
प्रतिक्रिया