शनिबार, कार्तिक १५ २०७७
काठमाडौं २३:५७
वासिङटन डिसी 14:12

एक हप्तादेखि सञ्चार सेवाबाट वञ्चित

इनेप्लिज २०७१ फागुन २२ गते १:२३ मा प्रकाशित

300px-Jajarkot_district_locationजाजरकोट, २१ फागुन । जाजरकोटको उत्तरपूर्वी क्षेत्रका स्थानीयवासी एक हप्तादेखि सञ्चार सुविधाबाट वञ्चित भएका छन् ।

रोल्पाको रातामाटास्थित टावरमा चट्याङले क्षति बनाएपछि जाजरकोटका उत्तरपूर्वी क्षेत्रका स्थानीयवासी सञ्चार सेवाबाट वञ्चित भएका हुन् ।

एक हप्ताअघि सञ्चार सेवा बन्द भएपनि सरोकारवाला निकायको बेवास्ताका कारण टावर समयमा मर्मत हुन नसकेको स्थानीयको आरोप छ । रुकुमको घेत्मा, जाजरकोटको नायकवाडा, सल्लाभीरलगायत ठाउँमा रहेका टावरहरुले काम गर्न छाडेका हुन् ।

प्रतिक्रिया