ट्याक्टर दुर्घटनामा एकको मृत्यु
इनेप्लिज
२०७१ फागुन २१ गते १४:३८ मा प्रकाशित
बाजुरा, २१ फागुन । जिल्लाको बाह्रसिबको सिंगाडामा ट्याक्टर दुर्घटनामा आज एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय बमबहादुर बुढा रहेको प्रहरीले जनाएको छ ।
तीपाडाबाट मार्तडी आउँदै गरेको भे १ त ५९६८ नम्बरको ट्याक्टर आज दिउँसो दुर्घटना भएको हो । अन्दाजी ३० वर्षका बुढाको घटनास्थलमै मृत्यु भएको हो ।
ट्याक्टर सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीको भनाइ छ । बुढा आफ्नै पसलका लागि तरकारी लिएर आउँदै गरेको अवस्थामा दुर्घटनामा परेको बताइएको छ ।
न्युयोर्कको म्यानह्याटनमा गोली हानी ३६ बर्षिय मानिसको हत्या
भर्जिनियामा ५ बर्षिय बालक अपहरणमा परेपछि प्रहरीद्वारा एम्बर सतर्कता जारी
अमेरिकामा एकैदिनमा १ लाख ३७ हजार कोरोनाबाट सक्रमित,१ हजार ३ सयको मृत्यु
को हुन् नबराज के सी ?
ट्रम्पले व्हाइट हाउस छोड्ने बेलामा करिव १ सय भन्दा ज्यादालाई क्षमादान दिने सम्भावना
प्रतिक्रिया