बागलुङमा सिसी क्यामेरा जडान
बागलुङ, २० फागुन । सामाजिक सुरक्षा, सडक सुरक्षा र अपराध नियन्त्रणका लागि यहाँ सिसी क्यामेरा जडान गरिएको छ ।
बागलुङ उद्योग वाणिज्य सङ्घ, बागलुङ नगरपालिका र जिल्ला प्रहरी कार्यालयको संयुक्त प्रयासमा सिसी क्यामेरा जडान गरिएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले आज जिल्ला प्रहरी कार्यालयको सिसी क्यामेरा नियन्त्रण कक्षको उद्घाटन गर्नुभयो ।
सो अवसरमा बोल्दै उहाँले सुरक्षा प्रणालीलाई आधुनिक प्रविधिबाट सञ्चालन गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।
पहिलो चरणमा नगरका विभिन्न स्थानमा १९ वटा सिसी क्यामेरा जडान गरिएको छ । नगरक्षेत्रमा एक सय क्यामेरा जडान गर्ने लक्ष्य रहेको उद्योग वाणिज्य सङ्घ बागलुङका अध्यक्ष वसन्तकुमार श्रेष्ठले बताउनुभयो ।
क्योमरा जडानका लागि बागलुङ नगरपालिकाले रु ३० लाख सहयोग गरेको छ । सङ्घले रु २० लाख लगानी गरेको छ ।
श्रीनगरटोल, जीप पार्क, अदालत चोक, लोकतान्त्रिक चोक, हल्लन चोकलगायत क्षेत्रमा सिसी क्यामेरा जडान भइसकेको सङ्घले जनाएको छ । सिसी क्यामेराको नियन्त्रण कक्ष भने जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
फ्लोरिडा राजमार्ग गस्तीद्वारा मानव तस्करीका विभिन्न घटनामा दुई दिनमा दुई जना पक्राउ
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
प्रतिक्रिया