वैदेशिक रोजगारमा जाने करिब सात हजारलाई परामर्श
इनेप्लिज
२०७१ फागुन १९ गते ६:३४ मा प्रकाशित
कञ्चनपुर, १९ फागुन । वैदेशिक रोजगारमा जाने युवालाई सूचना तथा परामर्श दिन खोलिएको सूचना केन्द्रले वैदेशिक रोजगारमा जाने करिब साढे सात हजार व्यक्तिलाई सुरक्षित वैदिशक रोजगारसम्बन्धी परामर्श दिएको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको समन्वयमा एक वर्षअघि खोलिएको सो केन्द्रले सन् २०१४ सम्म सात हजार ५१३ जनालाई सुरक्षित आप्रवासन तथा वैदेशिक रोजगारसम्बन्धी परामर्श प्रदान गरेको जनाएको छ ।
केन्द्र सञ्चालनमा आएपछि वैदेशिक रोजगार जाने व्यक्तिले राहदानी बनाउँदा केन्द्रमा गएर परामर्श लिने गरेका छन् ।
केन्द्रका परामर्शदाता लक्ष्मी बोहराले विदेश जाँदा मेनपावर कम्पनी, सरकारले श्रम स्वीकृत दिएका मुलुक सम्बन्धित देशको अवस्था, कानुनी प्रावधान, बाटोमा अपनाउनुपर्ने सावधानीलगायत विषयमा परामर्श दिने गरिएको बताउनुभयो ।
अमेरिकी रक्षा सचिव: युक्रेन बैठकपछि २० देशले नयाँ सुरक्षा सहायता संपुष्टि(प्याकेज)घोषणा
क्यालिफोर्नियाको भीरबाट ४ जना खस्दा ,१ जनाको मृत्यु र २ जना महिला गम्भिर घाइते
अमेरिकाले ताइवानको रक्षा गर्न सैन्य हस्तक्षेप गर्नेछ :बाइडेन
स्टारबक्सले रूसमा आफ्ना सबै पसल बन्द गर्ने
क्विन्स टुगेदरको आयोजनामा जिपी कोइराला फाउन्डेसन अमेरिकाको सकृयता।
प्रतिक्रिया