महिला हिंसाका दोषीलाई कारबाही गर्न युवा सङ्घको माग
इनेप्लिज
२०७१ फागुन १८ गते १४:०९ मा प्रकाशित
काठमाडौँ, १८ फागुन । युवा सङ्घ नेपालले मुलुकमा महिला हिंसाका घटना बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै त्यस्ता घटनामा दोषीलाई कडा कारबाही गर्न आज गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमसमक्ष सो ज्ञापनपत्र हस्तान्तरण गर्न सङ्घका अध्यक्ष निरु पालसहितका पदाधिकारी मन्त्रालय पुगेका भएपनि गृहमन्त्रीको व्यस्तताका कारण उहाँको सचिवालयमा दर्ता गरिएको हो ।
सङ्घका प्रवक्ता प्रभातविक्रम कटवालका अनुसार महिलाले समाजमा संविधानतः सहज जीवन यापन गर्न र हिडडुल गर्नसमेत नसक्ने अवस्था आउनुले मुलुकका कानुनी राज्य कमजोर भएको देखिएकाले सरकारको ध्यानाकर्षण गराएको हो ।
गृहमन्त्री गौतमसँगको मौखिक कुराकानीमा त्यस्ता घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । रासस
नवौ राष्ट्रिय खेलकुदमा सहभागी हुन एनआरएनए अमेरिकाका खेलकुद संयोजक चन्द्र लामासंग सम्पर्क गर्न आह्वान
संघिय परिषद्को छलफल तथा निर्णयहरु–प्रेस बिज्ञप्ति
अमेरिकाको फ्लोरिडा राज्यमा नेपाली समुदायको पहिलो लायन्स क्लव ग्रेटर ओर्ल्याण्डो लर्ड बुध्दको चार्टर नाईट सम्पन्न
बाइडेनको सपथ ग्रहण तथा उद्घाटनमा खटिएका १२ जना राष्ट्रिय सुरक्षाकर्मी हटाइए
इतिहासमै न्यूनतम बेरोजगारी दर स्थापित लगायत चर्चा गर्दै ट्रम्पले दिए बिदाई सन्देश
प्रतिक्रिया