गैर आवासीय नेपाली संघ -राष्ट्रिय महाधिवेशन तथा सदस्यता संबन्धमा (छापा बिज्ञप्ति )

इनेप्लिज २०७१ फागुन १७ गते १५:४७ मा प्रकाशित

nrn new logo

श्री अध्यक्ष तथा महासचिवज्यूहरु, मितिः १ मार्च, २०१५ ।
राष्ट्रिय समन्वय परिषद, गैरआवासीय नेपाली संघ ।

विषयः राष्ट्रिय महाधिवेशन तथा सदस्यता संबन्धमा ।

आदरणिय मित्रहरु,

गैरआवासीय नेपालीका संबन्धमा व्यवस्था गर्न बनेको ऐन २०६४ अनुसार नेपालमा बिधिवत रुप संघ दर्ता भए पछि हुन गईरहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महाधिवेशन यस ऐन तथा सघंको विधान २०१३ ले निर्दिष्ट गरेका प्रावधान अनुसार संचालन गर्न अपरिहार्र्य भएको छ ।

राष्ट्रिय समन्वय परिषदहरुका राष्ट्रिय महाधिवेशनको मिति नजिकिदैं जा“दा गैरआवासीय नेपाली संघको विधान २०१३, दफा २४ को उपदफा २४.१ मा भएको प्रावधान अनुसार “प्रत्येक राष्ट्रिय समन्वय परिषदकोराष्ट्रिय अधिवेशन अन्तर्राष्ट्रिय महाधिवेशन र विश्व सम्मेलनको मिति बढिमा ६ महिना बा“की रहने गरीराष्ट्रिय महाधिवेशन सम्पन्न गर्नु पर्नेछ । सोही राष्ट्रिय महाधिवेशनले नै दफा १७.३ अनुसारको अन्तर्राष्ट्रियसमन्वय परिषदका लागि देशको प्रतिनिधित्व गर्ने अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यको निर्वाचन गर्ने छ”राष्ट्रिय महाधिवेशनको मिति अक्टोवर महिनाको दोश्रो हप्तामा आयोजना गरिने संघको सातौ महाधिवेशन तथा विश्व सम्मेलनसंग मेल खाने गरी गर्न गराउन अनुरोध गर्दछु ।

गैरआवासीय नेपाली संघको विधान २०१३, दफा १७ को उपदफा १७.३ वमोजिम “राष्ट्रिय समन्वय परिषद गठन भइ सकेका मुलुकबाट पञ्जिकृत सदस्य संख्या निम्नतम् दश देखि एक हजार सम्ममा एक जना र सो भन्दा बढि पञ्जिकृत सदस्य संख्या रहेमा सदस्य संख्याको अनुपात प्रत्येक एक हजार पञ्जिकृत सदस्य बराबर एक जना अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य पदमा सम्बन्धित राष्ट्रिय समन्वय परिषद्को राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुनेछन् । तर यसरी निर्वाचित सदस्य संख्या बढिमा पा“च जना सम्म मात्र हुनु पर्नेछ” ।

गैरआवासीय नेपाली संघको विधान २०१३, दफा १३ को उपदफा १३.८ वमोजिम “अन्तर्राष्ट्रिय महाधिवेशनमा मतदान अधिकार सहित भाग लिनका लागि सम्बन्धित राष्ट्रिय समन्वय परिषदले प्रत्येक दश जना पञ्जिकृत सदस्य संख्या बराबर एक जना प्रतिनिधि चयन गर्नेछ । यसरी चुनिने अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिको संख्या वहालवाला अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारी एवं सदस्यहरु बाहेक अधिकतम एकसय हुनेछ” ।

माथी उल्लेख भएका प्रवधानहरु अनुसार राष्ट्रिय महाधिवेशनमा संघको विधान २०१३, दफा ५ उपदफा ५.१ को परिभाषा “गैरआवासीय नेपाली” भन्नाले नेपाली मुलको विदेशी नागरिक वा दुई वर्ष भन्दा बढि नेपालसरकारबाट खटीई विदेशस्थित नेपाली नियोगमा बहाल रहेको, विदेश स्थित शिक्षण संस्थामा अध्ययनगरिरहेको नेपाली नागरिक र दक्षिण एसियाली सहयोग संगठन अन्तर्गतका मुलुकहरु वाहेकका अन्य देशहरुमा पेशा रोजगारी वा व्यवसाय गरी बसोवास गर्ने नेपाली नागरिकलाई जनाउंदछ र यसै अनुच्छेदमा उल्लेखित “नेपाली मूलका विदेशी नागरिक” भन्नाले कुनै व्यक्ति साविकमा स्वयम् वा निजको बाबु, आमा,बाजे, वा बज्यै नेपालको नागरिक रही पछि दक्षिण एसियाली सहयोग संगठन (सार्क) को सदस्य मुलुक बाहेक अन्य मुलुकको नागरिकता लिएको व्यक्तिलाई जनाउंदछ” अनुरुप योज्ञता पुगेका व्यक्तिहरुलाई मात्र पञ्जिकृत सदस्य चयन गर्न गराउन सकिने छ ।

राष्ट्रिय समन्वय परिषदहरुले पञ्जिकृत सदस्य वाहेक परिषदको विधानमा तोकिए अनुसार अन्य प्रकारका जस्तै प्राराभिक, सम्बद्ध तथा मानार्थ सदस्यहरुको व्यवस्था समेत गर्न सक्ने छन् तर यस्ता सदस्यहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महाधिवेशनमा उम्मेद्वारी दिन तथा मताधिकार प्रयोग गर्न पाउने छैन् ।

यसै गरी गैरआवासीय नेपाली संघको विधान २०१३, दफा २५ “राष्ट्रिय समन्वय परिषदको अधिकार र कर्तव्य” अन्तर्गतको उपदफा २५.६ “राष्ट्रिय समन्वय परिषदले पञ्जिकृत सदस्यहरुको विवरण र सदस्यता शुल्क अन्तर्राष्ट्रिय समन्वय परिषदले तोकेको मिति भित्र संघको सचिवालयमा पठाउनु पर्नेछ” बमोजिम अन्तर्राष्ट्रिय महाधिवेशनमा राष्ट्रिय समन्वय परिषदका पञ्जिकृत सदस्यहरु मध्यबाट चयन गरिएका अन्तर्राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुका नामावली संघको सचिवालयमा पठाउ“दा पञ्जिकृतसदस्यहरुको पूर्ण विवरण सहित सदस्यता शूल्य समेत अनिवार्य पठाउन पर्ने छ । यदी आवश्यक देखिएमा अन्तर्राष्ट्रिय महाधिवेशनमा प्रतिनिधित्व गर्ने राष्ट्रिय समन्वय परिषदका पञ्जिकृत सदस्यहरुले संघको विधान२०१३, दफा ५ को उपदफा ५.१ अनुसारको गैरआवासीय नेपालीको हैसियत निरन्तर कायम भऐको प्रमाणपेश गर्न पर्ने छ ।

अन्त्यमा तपाईहरुको आगामी राष्ट्रिय महाधिवेशनको सफलताको कामना गर्दै सातौं गैरआवासीय नेपाली अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन सफल पार्न यहाहरुको सक्रिय सहयोगको आपेक्षा गर्दछु ।

धन्यवाद भवदीय,

कुमार पन्त, महासचिव
अन्तर्राष्ट्रिय समन्वय परिषद
गैरआवासीय नेपाली संघ ।

प्रतिक्रिया