ह्युम पाइपभित्रबाट पचास किलो गाँजा बरामद

इनेप्लिज २०७१ फागुन १७ गते ५:५७ मा प्रकाशित

Marijuana-seizedगोलबजार (सिरहा), १७ फागुन । सिरहाको उत्तरवर्ती नगरपालिका गोलबजारबाट प्रहरीले ५० किलो लागुऔषध गाँजा गएराति बरामद गरेको छ ।

गोलबजार नपा–३ स्थित जमदह तेतरियामा पर्ने कलभर्ट ह्युम पाइपभित्र लुकाएर राखेको अवस्थामा इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौला नेतृत्वको प्रहरी टोलीले प्लास्टिकको तीनवटा बोरामा प्याक गरिएको ५० किलो गाँजा बरामद गरेको हो । विशेष सुराकीका आधारमा गाँजा बरामद भएको प्रहरी निरीक्षक निरौलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाँजा कसको केही नखुलेको र अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया