इलाम, १७ चैत । सोमबार राति परेको चट्याङका कारण इलामको इभाङ गाविस कार्यालय र विद्यालयमा रहेका विद्युतीय उपकरणमा क्षति पुगेको छ ।
चट्याङ लागेर गाविसको एक थान कम्प्युटर, युपिएस, वायरिङ, सुविसु इन्टरनेटको राउटरजस्ता उपकरण जलेर नष्ट हुँदा करिब रु एक लाख ४१ हजारबराबरको क्षति भएको सामाजिक परिचालक राम योङ्हाङले बताउनुभयो । चट््याङ लागेर इभाङ माविका चारवटा कम्प्युटर, युपिएस र तार जल्दा करिब रु दुई लाख ५० हजारबराबरको क्षति भएको हो ।
चट्याङले गाविस र विद्यालयमा रहेका अन्य उपकरणसमेत नष्ट भएको बताइएको छ । चट््याङ लागेर विद्यालयका प्रधानाध्यापक राम जोशी सामान्य घाइते हुनुभएको छ ।
प्रतिक्रिया