
अर्घाखाची जिल्लामा जन्मिएर कलिलो उमेरमा नै अवसरको खोज गर्दै अमेरीका आइपुगेका राम सी पोखरेल यतिबेला एन. आर. एन. अमेरिकाका उपादक्ष्य पदका चर्चित उम्मेदवार हुन । विगत दुइ दशकदेखि अमेरिकाको डालसमा बसोबास गर्दै अएका पोखरेलले आफनो अध्ययन, जागिर, ब्यबसायको साथसाथै समाजसेवालाई पनि जिवनको मुख्य हागोको रुपमा लिएका छन । डालास स्थीत नेपाली समुदायमा हुने प्रायजसो सवै सामाजिक गतिविधीको अग्रपंत्तीमा देखिने पोखरेलले डालास एभरेष्ट लाइन्स क्लवका अध्यक्ष, नेपलिज सोसाइटि अफ टेक्सास को अध्यक्ष, डालस स्थीत नेपाली मन्दिरको वोर्ड अफ ट्रष्टी, डि एफ डब्लु इन्टरनेशलन अर्गनाइजेसन को वोर्ड डाइरेक्टर सहित दर्जन भन्दा वढि संघ संस्थामा आवद्ध रही डालसका नेपालीहरुको सुख दुखमा सहभागी बन्दै आएका छन ।
टेक्ससका नेपालीहरुका प्रिय राम दाई संग हिमालय खवर डटकमका तर्फवाट शरद पोखरेलले आउदो अप्रील १६ देखी २० मा हुन गैरहेको एन आर एन निर्वाचन र उनको उम्मेद्धारीका विषयमा गरेको कुराकानीका केही अंश :
तपाई के आधारमा आफूलाई एन आर एन अमेरिकाको उपाध्यक्ष पदको योग्य मान्नुहुन्छ ?
मेरो विचारमा शरदजी आफूले कुनै पनि पदको लागी योग्य मान्नु अगाडि ती पदका लागी काम गर्दा चाहिने प्रमुख आधारहरु के के हुन तय गर्नु जरुरी छ । यस आधारमा कुरा गर्दा मैले उपादक्ष्य पदको योग्यताका लागी आफना तीन आधारहरु तय गरेको छु । जसमा समय, सक्षमता र सहकार्य । म सस्था र सदस्यहरुका लागि आवश्यक समय दिन तत्पर रहने छु । मेरो सामाजि संघ संस्थामा काम गरेको राम्रो अनुभव छ र संस्थाको भावना अनुसार समुहमा काम गर्न सक्षम छु । यसै आधारहरुलाई केलाउदा म विगत १५ वर्ष भन्दा वढि समय अमेरिकाको डालस क्षेत्रमा रहि नेपाली दाजुभाई दिदी वहिनीहरुको सेवामा रहि आएको छु । यस दौरानमा मैले एक दर्जन भन्दा वढि संघ संस्थामा आवद्ध रहि नेपालीहरुको भावना वुझने मौका पनि पाएको छु । यस वाहेक गैरआवासीय नेपालीको लागि हरेक समयमा बिभिन्न संघ सस्थाहरु सग आवद्ध रही विदेशी भूमीमा रहेका नेपाली समाजमा पार्न सक्ने आर्थिक, सामाजिक एवं सास्कृतिक प्रभावका बारे खुला वहसहरुमा सहभागि भैरहेको छु । यिनै आधारहरु विच म आफूलाई उपादक्ष्य पदका लागी योग्य मान्दछु ।
अमेरिकामा रहेका नेपालीहरुको समष्टिगत हितका लागी एन आर एन अमेरिकाले तत्काल उठाउनु पर्ने मुद्धाहरु के के हुन सक्छन र तिनको हलका लागी तपाई संग के कस्ता योजनाहरु छन?
आजको दिन सम्म आइपुग्दा अमेरिकामा नेपालीहरुको संख्या ३ लाखको हाराहारीमा रहेको मानिन्छ हुनत हामी संग आधिकारीक तथ्र्याक उपलव्ध छैन । साथै हरेक बर्ष यो संख्या वढदै गएको देखिन्छ । हामीलाई अमेरीकामा कति नेपाली बसोवास गर्छन कुन पेशा, अवस्था र राज्यमा छन त्यसको बारे जानकारी संकलन गरि एक अर्कामा सहयोग र सहकार्य बढाउन आवश्यकता महसुश गरेको छु । यसकालागि एउटा तथ्याक बैकको योजना अघि सारेको छु ।
अमेरिकामा वसोवास गर्ने नेपालीहरुको पूस्ता अब पूरानो हुदै गएको छ । नया पूस्तालाइ हाम्रो नेपाल र नेपाली मुलको पहिचानका लागी काम गर्न जरुरी भैसक्यो । यसकालागि नेपालीहरुको माझमा सामाजिक, सांस्कृतिक गतिविधि वढाउने सोच मैले लिएको छु । साथै एन आर एनको संस्थागत बिकासका लागि बिशेष योजनाका साथ अघि बढनु पर्ने अवस्था मैले देखेको छु । मुख्य गरि आर्थिक पारदर्शितालाई संस्थापीत गर्न पहल गर्नेछु । यसै गरि विगत देखि एन आर एनले उठाउदै आएको दोहोरो नागरिकता, दोहोरो कर प्रणली र नेपालमा लगानी गर्ने मुद्दाहरुलाई निरन्तरता दिने छु ।
दोहोरो नागरिकताको बारे तपाइको धारण के छ ?
हाम्रो पहिलो पूस्तालाइ दोहोरो नागरिकता नहुदा पनि नेपाल र बिदेशमा बस्नको लागि खासै समस्या कमै देखिएतापनि दोस्रो पूस्तालाई नेपाल सरकारले कानुनी रुपमा नागरिकको मान्यता नदिएमा नेपालले दक्ष जनशक्ती गुमाउन सक्छ । यो देश र वर्तमान सरकारले सोच्ने कुरा हो । बिदेशमा बसेर प्रगति गरेका नेपालीमुलका ब्यक्तीत्वहरुलाई देशले ससम्मान देशमा ल्याउने बातावरण नभएमा नेपाली मुलको दोस्रो पूस्ताको जनशक्ती देशले गुमाउन पनि सक्छ ।
स्टेट च्याप्टरको गठनबारे तपाइको धाराण के छ ?
हरेक स्टेटमा च्याप्टर गठन गर्नु संस्थाको लागि अतिनै राम्रो पक्ष हो तर पूर्व तयारी र उचित नेतृत्वको तय नगरि च्याप्टर गठन गर्दा विवाद र समस्याहरु आउन सक्छन । च्याप्टरहरुले राज्यहरुका स्थानिय नेपाली संघ संस्थाहरु तिनिहरुको अविभावकीय भूमिका निर्वाह गर्न पर्ने हुन्छ र त्यसमा लागि स्थानीय संघ सस्थाहरुसग सहकार्य र संमन्वयको खाचो छ ।
तपाईहरुले ठाउँ ठाउँमा आर्थिक पारदर्शिताको कुराहरु उठाउनु भएको छ, यसको मतलव हालको नेतृत्व आर्थिक अपारदर्शि अनियमित वा भ्रष्ट छ भन्न खोज्नु भएको त हैन ?
विल्कुल हैन । यसको अर्थ अन्यथा नलागोस । कुनै पनि संस्थामा अर्थ को महत्वपूर्ण भूमिका हुन्छ । एन आर एन त झन अन्तराष्द्रिय संस्था हो । हालको नेतृत्वले जुन हिसावले काम गरेको छ त्यो गलत छ भन्ने हाम्रो मनसाय हैन । बिस्तारीत संगठन सगै संस्थागत पारर्दशिता कसरी कायम राख्न सकिन्छ भन्ने हाम्रो चिन्ता र चासोको बिषय हो । त्यसलाई आर्थिक नीतिहरु तयगरि ब्यबस्थीत आजै देखि गर्नु पर्ने हुन्छ ।
तपाइहरुले संयुक्त रुपमा उमेदवारी घोषणा गर्नु भएको थियो के यो समूहगत (Panel) उमेदवारी दिनु भएको हो ? यो तपाईहरुको वाध्यता हो वा चुनावी रणनिति ?
स्पष्ट रुपमा भन्दा यो हाम्रो वाध्यता पनि हैन न त चुनावी रणनिति नै । मूलतः साथीहरुले कसले कहाँ के भने भन्नु भन्दा पनि अहिले हामीले दिएको समूहगत उम्मेद्धारीको मर्म के हुन सक्छ त्यसमा ध्यान दिन जरुरी छ । आजका दिन सम्म पनि कुरा गर्नु हुन्छ भने टेक्सासवाट यो हाम्रो साझा उम्मेदवारी हो । यसले एकताको सन्देश दिन्छ । हरेक राज्यहरु वाट यसरी नै साझा उमेदवारहरु उठने र तिनीहरुका विचमा प्रतिस्पर्धा हुने हो भने अमेरिकी एन आर एन को चुनाव अझ प्रतिस्पर्धी त हुन्छ नै साथै नेतृत्वमा पनि सक्षम व्यक्तिहरुको हावी हुन्छ भन्नेमा हामी विश्वास गर्छो । त्यसैले म यसलाई सकारात्मक रुपमा लिन सवैलाई आग्रह गर्न चाहन्छु ।
तपाई त उपाध्यक्षको उमेदवार एउटा भनाई छ एन आर एन अमेरिकामा अध्यक्षको अगाडि उपाध्यक्षको भूमिका गौण हुन्छ रे तपाईलाई के लाग्छ ?
निश्चय नै कुनै पनि संस्था हाक्ने भनेको अध्यक्ष नै हो तथापि संस्थाका अन्य पदाधिकारीहरु पनि संस्थाको कानुन त चुनिएर आएका हुन्छन । संस्थामा गर्न पर्ने काम र संस्थागत उन्नतिका लागी संस्थामा रहेका सवै पदाधिकारीहरुको उत्तिकै भूमिका रहन्छ । यसैले एन आर एन अमेरिकामा पनि मेरो उमेदवारी भनेको कानूनत संस्थागत हो साथै यसमा उपाध्यक्षको भूमिका के छ भन्नेमा म पूर्ण रुपमा जानकार छु र यसलाई म अध्यक्षका अगाडि गौण मान्दिन । कुनै पनि व्यक्तिको कार्य सम्पादन, दक्षता अनि अनुभवले उसको नेतृत्वमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्छ यद्यपि यसलाई एकातिर पन्छाएर र अध्यक्षका अगाडि उपाध्यक्षको कामै छैन भन्ने कुरा म त्यत्ति तार्किक देख्दिन ।
अन्तमा तपाइ जीत प्रति कत्तिको आशावादी हुनुहुन्छ ?
म विगत लामो समयदेखि अमेरिकामा वसी विभिन्न संघ संस्थाहरु मार्फत सामाजिक काम गरेको अधारमा मलाई नेपाली दाजुभाई दिदी वहिनीहरुले विश्वासका साथ एन आर एन अमेरिकाको उपाध्यक्ष पदमा विजयी गराउनु हुन्छ भन्ने लागेको छ । मेरो विगतको अनुभवले एन आर एन मा केही योगदान दिने मौका मलाइ शुभेच्छुकहरुले दिनु हुने छ भन्ने कुरामा म आशावादी हुदै यसै मिडिया मार्फत सबैलाई उहाहरुको अमूल्य मतको लागि विनम्र अनूरोध गर्दछु ।
प्रतिक्रिया