सन् फ्रान्सिस्कोमा नेजाले एनआरएन चुनावी अन्तरक्रिया गर्ने

इनेप्लिज २०७१ चैत १७ गते २:३८ मा प्रकाशित

नेपाल अमेरिका पत्रकार संघ-नेजाले आसन्न एनआरएन अमेरिकाको निर्वाचनका अध्यक्ष र अन्य पदका प्रत्यासीहरुसंग क्यालिफोर्नियाको सन् फ्रान्सिस्कोमा चुनावी बहस र सामुदायिक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ | यो कार्यक्रम यही अप्रिल ९ तारिख बिहीवार साँझ पाँच बजे हुनेछ | यसका लागि नेजाले सोही क्षेत्रका क्षेत्रीय संयोजक जाङ्बु शेर्पालाई स्थानीय व्यवस्थापनको जिम्मेवारी प्रदान गरेको छ | नेजाले क्षेत्रीयस्तरमा हुन लागेको यो चुनावी बहस कार्यक्रममा सहभागी भै समुदायका सदस्यहरुका माझ आफ्ना एजेण्डा राखिदिनु हुन एनआरएन अमेरिकाका अध्यक्षका सबै प्रत्यासी र अन्य पदका उम्मेदवारहरुलाई आग्रह गरेको छ | नेजाको यो अन्तरसम्वाद कार्यक्रमको अमेरिकाका विभिन्न शहरबाट संचालित नेपाली अनलाईन मिडियामार्फत प्रत्यक्ष प्रसारण समेत गरिनेछ |

सन् फ्रान्सिस्को कार्यक्रम :

नेजा-एनआरएन अन्तरसंवाद कार्यक्रम
मिति: अप्रिल ९,२०१५ बिहीवार
समय : दिनको ४ .०० बजे
स्थान : ओम मण्डला
420 Ellis street San Francisco 94102

संयोजक
जाङ्बु शेर्पा-४०८-४८०-६८०२
सम्पर्क:
गौतम दाहाल : ४१० -९०८ -८७४४
भोला आचार्य: ७२० ३२६ ५५६०
सुदिप पन्त : ५६२ -५९५ -२७६८
अग्नी चौलगाइ: ३१० -९२० -८८८६
हरिहर दाहाल: ६५० -४८३ -९१२७
आयोजक :
नेपाल-अमेरिका पत्रकार संघ (नेजा)

प्रतिक्रिया