“अष्ट्रेलिया ,क्यानाडा,बेल्जियम तिर जानेले आइफोन ल्यापटप पठाउछ, साउदी,कतार,मलेशिया,दुवै तिर जानेले आफु पालिन्छ घर चलाउछ, कोरिया,जापान जानेले पैसा बनाउछ, इराक,अफगानिस्तान जानेले राइफल समाउछ, अमेरिका-बेलायत जाने आफै हराउछ |”
पछिल्लो हप्तामा फेसबुकको भित्तामा यी हरफ देखेर टक्क रोकिए र घोत्तलिएर पढे,सोचे,कल्पे अनि हुम्लाको कालिकोटका जनताको मन जल्नु र ताप्लेजुंगको फुन्लिंग बजार बासीको घर जल्नु संयोग मात्र हैन भन्ने निष्कर्षमा पुगे | बास्तवमै हुम्लामा उत्पादन भएको अन्न तिन महिना थेक्दैन, यसकारण युबा पलायन भए, ताप्लेजुंगमा पनि सरकारी उदासिनताका कारण अब्यबस्थित शहरीकरण संगै पाँचौ पटक जलेका घरका ‘खाबा’ दलिनका बचेका अंश र खाटका खुट्टा समेलेको दृश्य उराठ लाग्दा छन | जसले हर नेपालीको मन चहर्याईदियो |
हो आज नेपाली लाखौ दाजु भाई बिदेशिएका छन, पछिल्लो जनान्दोलन ६२/६३ पछाडी ४० लाख युबा बिदेसिएको हालै एक तथ्यांक सार्बजनिक भएको छ | नेपालको अर्थतन्त्रको खम्बा भनेर मानिने युबा आज जापानमा शरणार्थी बन्न निबेदन दिएको छ,बोलिभिया-मेक्सिको हुदै अमेरिकाको जोखिमपूर्ण यात्रा गर्दै छ , जुम्ला,हुम्ला,कर्णाली, पूर्व देखि पश्स्चिमका युबा रोजी रोटिको निम्ति अरबको खाडी जाने क्रम रोकिएको छैन, अलि धेरै खर्च गर्न सक्ने युरोप,अमेरिका ताक्छ, नसक्ने गल्फ, केहि नसक्ने भारत छदैछ | समाज लाइ देखाउनको निम्ति पनि कथित ‘लाहुर’ जानु परेको छ, यो कुनै रहर हैन बाध्यता हो,यथार्थ हो, समयको माग हो |
हुनत क्यापिटालिजममा हुने यहि नै हो, अब मान्छेले पैसा हैन पैसाले मान्छे तान्ने हो, पुंजिबादी देशहरुले प्रशस्त रोजगारी सिर्जना गर्न सके, कम-बिकसित मुलुक बाट कम पैसा पे गर्न सकिने मजदुर लैजाने हैसियेत बनाए चाहे यो गल्फमा होस, वा अमेरिका वा युरोपमा किन नहोस, इन्भेष्टरले कम्पनिमा जतिनै ठुलो लगानी गरे पनि ‘क्यास’ सेभिंग हुने ‘वे’ भनेको वेजेज नै हो अर्थात् ज्याला नै हो भन्ने राम्ररी बुझेको छ |यसकारण पुंजीबादले न्यून ज्याला दिए हुने कामदार खोज्दै कम बिकसित मुलुक आइपुगे जसले नेपालको हाम्रो घरको चुलो-चौकोमा आगो बलेको छ, नयाँ नयाँ ब्राण्डका मोबाईल,टिभी किन्नु र हेर्नु पाइएको जो छ |
राज्यको नीति नियम बनाउने स्थानमा रहेकाहरुले युबा काम गर्न नसकेर विदेश गएको भनेर पन्छिने काम गर्छन, तर सत्य त्यो हुदै होइन, सत्य त यो हो, देशमा बिजुली छैन, खाने पानि छैन, सम्भावनाका संकेत हरु छैनन, समाजमा धनि धेरै धनि गरिब अत्यन्तै गरिब भएका कारण पनि उ आफ्ना र परिबारका ‘बेसिक निड’हरु परिपूर्ति गर्नको निम्ति पनि विदेशिने गरेको अध्ययनले देखाएको छ | गल्फमा ५० डिग्रीको घाममा कमाएको पैसाले छोरा छोरीको भविष्यलाइ खोज्नु छ, दाइ-भाई-बहिनि लाइ बाटो देखाउनु छ | जुन सत्य हो, धुब्र सत्य हो |
जुनसुकै बहानामा विदेश गएका नेपालीले राम्रो नराम्रो जे गरिरेहेको भए पनी, केहि कुराहरु भने निकै सकारात्मक छन, जसले साच्चिकै सहरानीय काम गरेको देखिन्छ | नेपालमा रहेका राजनीतिक बृतका मानिस हुन वा अन्य प्राय: ले बिदेशमा रहेका गैर-आवाशिय नेपाली बनिसकेका अर्थात् ग्रिन-कार्ड, पीआर, शरणार्थी बन्न एप्लाई गर्नेहरु लाई हेर्ने दृष्टिकोण निकै फरक भएको छ | नेपालमा रहेर जति काम गर्न नसके पनि बिदेशमा गए पछी राम्रो शिक्षा,स्वास्थ सेवा लिनु पर्छ, पढाउनु पर्छ भन्ने धारणाको बिकास भएको छ जुन सहि छ जसका कारण कमाएको केहि प्रतिशत रकम स्वदेश आएको छ,सानो सानो उद्यम शुरू भएका छन | बिदेशमा बसेका नेपालीहरुको बिकासको दृष्टिकोणमा पनि परिबर्तन आएको पाइन्छ | हो आर्थिक समस्या हल हुदै गर्दा उसका गतिशील विचार र भोगाइले आफ्नो समाज,परिबार र देश लाइ पक्कै सघाउ पुर्याएकै छ |
गैर-आवाशीय नेपालीको आन्दोलन संग नजिक रहेका बौद्दिक अभियन्ता डा सुर्य पाठक भन्छन : बास्तवमा बिदेशिएका नेपालीलाई हेर्ने दृष्टिकोण आफ्नै नेपालीको बक्र छ भने बिदेशीको किन सकारात्मक होस ? हैंन भने विदेश बाट आएको, यो नेपालमा राजनीति गर्न आएको, स्वार्थका निम्ति आएको भन्ने जस्ता सामाजका कथित ‘गफ’ले मान्छे लाई स्वदेसमा काम गर्न निरुत्साहित गर्ने गरेको अनुभब छ |
बिदेशिएका दाजुभाई दिदि बहिनीको अनुभब सिप र क्षमताले राष्ट्र निर्माणमा सघाउ पुग्छ भने उनिहरु लाइ राष्ट्रले निस्वार्थ सहयोग गर्नुपर्ने हुन्छ | कतिपय अबस्थामा बैदेशिक लगानीका गुलिया भाषण गर्ने हरुले नै सानो प्रयास स्वरूप देशमा केहि उद्यम शुरु गर्ने प्रयास गर्यो भने पनि अनेक बहाना बाजी गरेर तर्साउने परम्परा छ, जसले गर्दा विदेशिएको सिप,पुंजी र स्किल्ड वर्कर नेपाल फर्किन सकेको छैन |
तर जुन जोगी आएनी कानै चिरेको उखान जस्तै नेपालमा भएको राजनीतिक संरचना पनि उस्तै , जनता पनि उस्तै रह्यो भने देशको विकासे सपना पुरा हुन सक्दैन | हुदैन |
बैदेशिक रोजगारी गर्न गएका नेपालीहरु र अन्य देशमा आफ्नो देशलाई गाली गरेर पासपोर्ट च्यातेर बसेका नेपालीहरु बीच निकै ठुलो अन्तर भने छ, देशमा शिक्षा,स्वास्थ, लगायतका क्षेत्रमा भएको बिकासको हिस्सा कहिँ न कहिँ रेमिट्यान्सको छ नै छ |
यसरी दिनानु दिन बैदेशिक रोजगारिका कारण गाऊं रित्तिदै जाने हो भने, निर्यातको सयों गुणा आयात बढ़ने हो भने, स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्ने तीर राष्ट्र नलाग्ने हो भने, भबिश्यका चुनौतिका पहाड़ लाई अहिले नै न पहिल्याउने हो भने हामीले भबिश्यलाई उज्यालो देख्नु मुर्खता मात्र हुनेछ | न की गृहमन्त्रिले भने जस्तो देशमा टेक्नोलीजी प्रयोग गर्न जान्ने जनशक्ति नै छैन भन्दै सधै बिदेशी संगे परनिर्भर हुने की, जन-शक्ति उत्पादन गर्नको निम्ति ब्यबहारिक शिक्षा शुरु गर्ने, बेरोजगारीको समस्या सल्टाउन तर्फ लाग्ने ? भन्ने महत्वपूर्ण निर्णय लिई गरेका प्रतिबद्दता कार्यान्वयन गर्नु सही हुनेछ, भबिश्य उज्यालो हुनेछ |
अन्त्यमा,निराशा त्यागी, उद्यमशील प्रयासलाई जारी राख्दै जो जहां भए पनी जती सकिन्छ काम गरौं, आशाको संचार गरौं, युबा लाई निर्यात हैन नेपाली प्रडक्ट निर्यातको एरो माथी उठाउने प्रयत्न गरौं मातृभूमि प्रति त्यही सम्मान हुने छ |
लेखक Twitter : @kpkokalam बिगत लामो समय देखि प्रबाशी पत्रकारितामा कार्यरत छन |
प्रतिक्रिया