बलात्कारमा परेकी युवतीद्वारा आत्महत्या

इनेप्लिज २०७१ चैत १५ गते १४:१५ मा प्रकाशित

rape4रत्ननगर (चितवन), १५ चैत । केही दिनअघि बलात्कारमा परेकी चितवनकी एक युवतीले आज आत्महत्या गरेकी छिन् ।

चितवनको दारेचोक–९ फिस्लिङ बस्ने २४ वर्षीया श्रीमाया गुरुङले घरमा कोही नभएको मौका पारेर आत्महत्या गरेको श्रीमायाका दाजु एकबहादुर गुरुङले जानकारी दिनुभयो ।

बलात्कारपछि विक्षिप्त भएकी उनले त्यसैको पीडा सहन नसकेर आत्महत्या गरेको हुनसक्ने दाजु एकबहादुरले बताउनुभयो ।

आज जाहेरी दर्ता गर्न जिल्ला प्रहरी कार्यालयमा आएका बेला पत्रकारसँग कुरा गर्दै उहाँले बलात्कारको पीडा सहन नसकेर बहिनीले आत्महत्या गरेको दाबी गर्नुभयो ।

पीडित परिवारले गोरखा घर भएका २९ वर्षीय महादेव कटुवालले पोखरामा बोलाएर बहिनीलाई बलात्कार गरेको आरोप लगाएका छन् । सोही आरोपमा प्रहरीले कटुवाललाई पोखराबाट पक्राउ गरेको बताइएको छ ।

प्रतिक्रिया