माइक्रोबस दुर्घटनामा एकको मृत्यु १३ जना घाइते
इनेप्लिज
२०७१ चैत १५ गते १४:०४ मा प्रकाशित
पोखरा, १५ चैत । कास्कीको भरतपोखरीबाट पोखरातर्फ आइरहेको ग१ख १८१० नम्बरको माइक्रोबस पोखरा–१७ महतगौंडामा आज दिउँसो दुर्घटना हुँदा एकको मृत्यु हुनुका साथै १३ जना घाइते भएका छन् ।
सो ठाउँको उकालोमा चढ्ने क्रममा गाडी पछाडि सरेर पल्टन जाँदा सोही वडाको लामातरा बस्ने वर्ष २९ वर्षकी रुक्मिणी केसीको मृत्यु भएको छ । गम्भीर घाइते भएकी रुक्मिणीलाई अस्पताल ल्याउँदाल्याउँदै बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
उक्त दुर्घटना घाइते सबैको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको र तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
माइक्रो बसका चालक भीमबहादुर रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै बागलुङबाट पोखरातर्फ आइरहेको ग १ ख ५४२५ नम्बरको बस आज पोखराको हेम्जा नजिकै बाटोमा पल्टिँदा १९ जना सामान्य घाइते भएका छन् ।
उत्तर क्यारोलाइनाकी एक महिलाले कोरोना सहायता ऋणबाट गरगहना,हिरा र महङ्गा समान खरिद गर्दा अदालतमा
डिसीकी नगर प्रमुख म्युरिएल बाउजरकी दिदीको कोरोनाको जटिलताबाट निधन,मर्मस्पर्शी वक्तब्य
द्रुतगतिमा गाडी चलाएका टाइगर वुड्सको खुट्टामा फलामे डन्डी राखियो,वुडको स्वास्थ्यमा सुधार
जोन्सन एण्ड जोन्सनको कोभिड-१९ बिरुद्ध एकल खोपले गम्भीर कोरोनाको रोकथाम हुने : एफडिए
टाइगर वुडले द्रुतगतिमा गाडी चलाउदा दुर्घटना हुँदा बालबाल बचे ,दुवै खुट्टामा गम्भीर चोटपटक
प्रतिक्रिया