तिलोत्तमा व्यापार सङ्घमा कँडेल

इनेप्लिज २०७१ चैत १५ गते ३:०३ मा प्रकाशित

बुटवल, १५ चैत । तिलोत्तमा व्यापार सङ्घ रुपन्देहीको प्रथम अधिवेशनबाट झवीन्द्रप्रसाद कँडेल अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

शनिबार भएको मतगणनाबाट प्रथम उपाध्यक्षमा देवीप्रसाद कोइराला, द्वितीय उपाध्यक्षमा बाबुलाल भुसाल र महासचिवमा रामचन्द्र पाण्डे निर्वाचित हुनुभएको छ । सङ्घका सचिवमा नयाँकान्त भण्डारी र कोषाध्यक्षमा नेत्र न्यौपाने यसअगाडि नै निर्वारोध निर्वाचित हुनुभएको थियो ।

अधिवेशनबाट निर्वाचित ११ कार्यसमिति सदस्यमा शीतल ज्ञवाली, बबी भट्टराई, दीपा शर्मा, दिलमाया पुन, सुना थापा, हरि उपाध्याय, हरि अर्याल, लोकबहादुर थापा, विष्णु बराल क्षेत्री र मनबहादुर बर्मा रहनुभएको छ ।

अपाङ्गता शिविर
अपाङ्गता भएका व्यक्तिलाई बुटवलमा निःशुल्क शिविर शनिबारदेखि सुरु भएको छ भएको छ । एलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टर र नेपाल महिला मगर सङ्घ बुटवल नगर समितिको आयोजनामा भएको शिविरमा ७५ शारीरिक अपाङ्गता भएका व्यक्तिले आफ्नो नाम दर्ता गराएको आयोजक संस्था मगर महिला सङ्घले जनाएको छ ।

शिविरको उद्घाटन कार्यक्रममा ट्रमा सेन्टरका अध्यक्ष डा प्रमोद लामिछाने र नगर अध्यक्ष ओमी पुनले अशक्तलाई सहयोग गर्ने उद्देश्यले आफूहरुले देशका विभिन्न स्थानमा शिविर सञ्चालन गरिएको जानकारी दिनुुभयो ।

प्रतिक्रिया