छुरा प्रहार गरी हत्या, दुई जना पक्राउ
इनेप्लिज
२०७१ चैत १४ गते १२:०१ मा प्रकाशित
फलेबास (पर्वत), १४ चैत । उत्तरी पर्वतको माझफाँट गाविसमा छुरा प्रहार गरी एक जनाको हत्या भएको छ ।
माझफाँट गाविस–५ निवासी २३ वर्षीय नरबहादुर दमार्इंको मृत्यु भएको छ ।
शुक्रबार राति स्थानीय १९ वर्षीय राजु दमार्इंले नरबहादुरलाई मादक पदार्थ सेवन गरी एकापसमा झगडा हँुदा दायाँ घाँटीमा छुरा प्रहार गरी गम्भीर घाइते बनाएको र उपचारका क्रममा म्याग्दी जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
उपचारका क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । छुरा प्रहारपछि फरार रहेका राजु दमार्इं र मृतककी श्रीमती २० वर्षीया दिलमाया परियारलाई प्रहरीले पक्राउ गरेको छ ।
म्याग्दीको बेनी नगरपालिका–११ पुलाचौरस्थित ससुराली घरमा सुतिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
गभर्नरहरुले टेक्सस र मिसिसिपीमा मुखावरण नलगाउनु पर्ने घोषणा गरेता पनि ठूला व्यवसायले त्यसको पालना गर्ने
बाइडेनले टेक्ससको गभर्नरले मुखावरण हटाउने निर्णयलाई ‘पुरातनपंथी सोच’ किन भने ?
‘डिजी पे’ले पायो भुक्तानी सेवा प्रदायकको लाइसेन्स
न्याकले आइतबार महिला दिवस मनाउने
नेपाली कांग्रेसका ऐतिहासिक योद्धा संग अन्तरक्रिया कार्यालयमा
प्रतिक्रिया