क्षयरोगी वृद्धि
सल्यान १३, चैत । जिल्लामा क्षयरोगीको सङ्ख्या वृद्धि हुँदै गएको छ ।
धूम्रपान र मद्यपान सेवनको वृद्धि तथा रासायनिक मलको प्रयोग गरेका खाद्य वस्तुको प्रयोग बढेसंँगै रोगीको सङ्ख्यामा वृद्धि भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लाभरि तीन सय १९ क्षयरोगीका बिरामी छन् । गत आवमा दुई सय २९ मात्रै बिरामी भेटिएकामा यस वर्ष थप ९० जना नयाँ रोगी पत्ता लागेको कार्यालयका क्षयरोग स्रोत व्यक्ति लक्ष्मण केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार गत आवमा एक सय २० जनामा पोजेटिभ र एक सय नौ जनामा नेगेटिभ सङ्क्रमित फेला परेकामा चालु आवमा ३४ पोजेटिभ र ५६ नेगेटिभ सङ्क्रमित पाइएको छ । रोगीले लाजले रोग लुकाउने र उपचारका लागि स्वास्थ्य संस्थामा नआउने प्रवृत्तिले पनि रोगीको सङ्ख्या बढ्ने उहाँको भनाइ छ ।
जिल्लाका ४८ स्वास्थ्य केन्द्रबाट क्षयरोगको निःशुल्क औषधि पाइन्छ । स्वास्थ्यकर्मीको प्रत्यक्ष निगारानीमा औषधि सेवन गरेमा निको हुने भए पनि बिरामी औषधि सेवन गर्न स्वास्थ्य संस्थासम्म नआउने भएकाले समस्या बढेको केसीको भनाइ छ ।
अमेरिकामा १ करोड १ लाख ७५ हजार मानिस कोरोनाबाट मुक्त ,७ करोड ५२ लाखले खोप लगाए
अमेरिकामा जन्मेकी प्राप्तिले अनलाइन मार्फत बालबालिकालाई नेपाली पढ्न र लेख्न सिकाउदै
सिडिसीले मतदान गर्दै जोन्सन एण्ड जोन्सनको खोप अमेरिकामा चलाउन सिफारिस
मेरिल्याण्डमा गोली प्रहारबाट एक जनाको मृत्यु
न्यूयोर्कका गभर्नर कुमो बिरुद्ध लागेको यौन उत्पीडन समीक्षा गर्न स्वतन्त्र वकिल चयन गर्न आग्रह
प्रतिक्रिया